भारतीय अटो कम्पनी हिरोले जिरोसँग साझेदारी गर्दै, प्रिमियम विद्युतीय मोटरसाइकल बनाउने

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
भारतीय अटो कम्पनी हिरोले जिरोसँग साझेदारी गर्दै, प्रिमियम विद्युतीय मोटरसाइकल बनाउने

काठमाडौं ।

भारतको दुई पाङ्ग्रे सवारी कम्पनी हिरो मोटोकर्पले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादन गर्न अमेरिकाको जिरो मोटरसाइकलसँग साझेदारी गरेको छ। यसले हिरो मोटोकर्पको उत्पादन र मार्केटिङ क्षमता र जीरोको इन्जिन र इलेक्ट्रिक मोटरसाइकल विकास विशेषज्ञताको लाभ उठाउने भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

गत वर्ष हिरो मोटोकर्पले जिरो मोटरसाइकलमा ६ करोड डलरको उपकरण लगानी गर्ने निर्णय गरेको थियो । जिरो मोटरसाइकल इलेक्ट्रिक मोटरसाइकल र इन्जिनमा एक अग्रणी कम्पनी हो।

हिरो मोटोकर्पका अध्यक्ष र सीईओ पवन मुंजालले भने, “मोबिलिटी क्षेत्रमा दिगो क्लिन टेक्नोलोजीको हाम्रो यात्रामा जिरो मोटरसाइकलसँगको हाम्रो साझेदारी एउटा प्रमुख कोशेढुङ्गा हो। हामीले देश र हाम्रो अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गतिशीलता बढाउने योजना बनाएका छौं।” हिरो मोटोकर्पले गत वर्ष भीडा भी १ स्कुटरको साथ इलेक्ट्रिक स्कुटर सेग्मेन्टमा डेब्यु गरेको थियो।

यसका साथै हिरोले भारतको दिल्ली, बैंगलोर र जयपुरमा चार्जिङ इन्फ्रास्ट्रक्चर पनि ल्याएको छ। यसले यी तीन ठूला सहरमा करिब ३ सय चार्जिङ प्वाइन्ट स्थापना गरेको छ। “दुबै कम्पनीहरू उत्कृष्ट र नवीन उत्पादनहरू प्रदान गर्दै सवारी अनुभवमा क्रान्तिकारी परिवर्तन गर्न प्रतिबद्ध छन्,” जीरो मोटरसाइकलका सीईओ साम पाशेलले भने।

विगत केही वर्षयता विद्युतीय सवारीसाधनको बिक्री बढेको छ । तर, हिरो मोटोकर्पले यस खण्डमा आफ्नो प्रवेशमा ढिलाइ गरेको छ। भारतमा कुल दुई पाङ्ग्रे सवारी साधनको बिक्रीको करिब दुई प्रतिशत ई-स्कुटर र ई-बाइकले ओगटेको छ।

हिरो मोटोकर्पले आगामी १८-२४ महिनामा आफ्नो इलेक्ट्रिक भेहिकल (इभी) दायरा विस्तार गर्ने योजना बनाएको छ। कम्पनीले विभिन्न मूल्य खण्डमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लन्च गर्ने योजना बनाएको छ। कम्पनीका प्रमुख (इमर्जिङ मोबिलिटी बिजनेस युनिट) स्वदेश श्रीवास्तवले विश्लेषक कलमा कम्पनीले ईभीका लागि आफ्नो योजनाको गति बढाएको बताए। यसअन्तर्गत विभिन्न सेगमेन्टमा नयाँ विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन लन्च गरिने बताईएको छ।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार