अब फेसबुकमा ९० सेकेन्डको रील्स बनाउन सकिने

  • Technology Khabar | २४ फाल्गुन २०७९, बुधबार
अब फेसबुकमा ९० सेकेन्डको रील्स बनाउन सकिने

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताका लागि नयाँ ‘क्रिएटिभ एक्सप्रेशन’ फिचर्स लन्च गरेको छ। योसँगै फेसबुक प्रयोगकर्ताले ९० सेकेन्डको रील्स बनाउन सक्नेछन्। यस अघि सिर्फ ६० सेकेन्डसम्मको रील्स बनाउन सकिने सुविधा थियो।

साथै प्रयोगकर्ता इन्टाग्रामको जस्तै आफ्नो मेमोरीजलाई सजिलै रेडी मेड रील्स बनाउन सक्छन्। फेसबुकको मुल कम्पनीले मेटाले फेसबुकमा मेटा फर क्रिएटर्स एकाउन्टको घोषणा गरेको हो।

मेटाले फेसबुकमा एक नयाँ ग्रूभर्स फिचर पनि लन्च गरेको छ। यो फिचरले प्रयोगकर्ताको भिडियोमा भएको मोशनलाई गीतको बिटमा सिंक गर्छ। नयाँ टेप्पलेट्स टूलबाट प्रयोगकर्ता सजिलै ट्रेन्डिङ टेम्प्लेटमा रील्स बनाउन सक्छन्। मेटाले फेसबुकमा रील्सको फिचर गत वर्ष रोल आउट गरेको थियो।

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...