
काठमाडौं ।
युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले फागुन १५ देखि सिमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकबर्गहरुलाई लक्षित गरी निशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको एसीमा निशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको उचित मूल्याङकनका साथ बेकोको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन्।
नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ। साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसिबसि लिन सक्नेछ।
नेपालभर बेको ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उट्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ।
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार