भारतमा गियरबक्स युक्त इलेक्ट्रिक बाइक म्याटर ऐरा सार्वजनिक, रेञ्ज १२५ किलोमिटर

Technology Khabar २३ फाल्गुन २०७९, मंगलवार

काठमाडौं ।

टू ह्वीलर स्टार्टअप म्याटर इनर्जीले आफ्नो पहिलो मेड इन इन्डिया इलेक्ट्रिक बाइक म्याटर ऐरा सार्वजनिक गरेको छ। म्याटरको इलेक्ट्रिक बाइक दुई भेरियन्ट ५००० र ५००० प्लसमा उपलब्ध छ।

म्याटर ५००० को मूल्य १ लाख ४४ हजार भारु र ५००० प्लसको मूल्य १ लाख ५४ हजार भारु (एक्स शोरुम) तोकिएको छ।

म्याटर ऐरा विशेष प्रकारको ईबाइक भएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। यस इलेक्ट्रिक बाइकमा अन्य बाइकमा उपलब्ध नभएको फिचर दिइएको कम्पनीको दाबी छ। म्याटर ऐराको सबैभन्दा महत्वपूर्ण विशेषता भनेैका ४ स्पीड गियरबक्स हो।

भारतमा यो पहिलो ई बाइक हो जसमा पेट्रोल मोटरसाइकलको जस्तै गियरबक्स दिइएको छ। पेट्रोल बाइकबाट इलेक्ट्रिक बाइकमा सिफ्ट हुन चाहने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ। गियरबक्स भएकाले पेट्रोल बाइक र इलेक्ट्रिक बाइक चलाउन खासै फरक हुने छैन।

साथै ईबाइकमा दिइएको केही फिचरले यसलाई आम बाइकभन्दा अधिक उत्कृष्ट बनाउँछ। म्याटरका दुवै बाइकमा ५ किलोवाट आवरको ब्याट्री दिइएको छ। फुल चार्जमा १२५ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ।

धेरै इलेक्ट्रिक बाइकको इलेक्ट्रिक मोटरमा हिटिङको समस्या देखिने गरेको छ। यसबाट बच्नका लागि कम्पनीले आफ्नो ईबाइकमा लिक्विड कूलिङ प्रविधिको इलेक्ट्रिक मोटर दिएको छ। यसबाट मोटर चिसो रहनुका साथै परर्फमेन्स कायम रहन्छ।

यस इलेक्ट्रिक बाइकको मोटरले १०.५ किलोवाट पीक पावर आउटपुट दिन्छ। बाइकको ब्याट्रीको तौल ४० किलोग्राम छ र पुरा बाइकको तौल १८० किलोग्राम छ। म्याटर ऐरा ईबाइकमा ब्लूटूथ कनेक्टिीभिटीका साथ ७ इन्चको टचस्क्रीन डिस्प्ले, पार्क असिस्ट, भेहिकल ट्रयाकिङ, एन्टी थेप्ट प्रविधि र अन्य किलेस फक्सन दिइएको छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया