Technology Khabar २३ फाल्गुन २०७९, मंगलवार
काठमाडौं ।
मोटोरोलाले नोभेम्बर २०२१ मा मोटो जी पावर (२०२२) अनावरण गरेको थियो। त्यसैगरी यसको उत्तराधिकारी अहिले सम्म आइसक्नु पर्ने भए तापनि मोटोरोलाले नयाँ फोनको अनावरणको बारेमा केही पनि उल्लेख गरेको छैन्।
तर लीकस्टर अनलिक्सले उक्त स्मार्टफोनको डिजाइन प्रकट गर्दै यसको रेन्डरहरू साझा गरेको जीएसएमएरिनाले लेखेको छ।
मोटोरोला मोटो जी पावर (२०२३) सेन्टर्ड पंच–होल डिस्प्लेको वरिपरि निर्माण गरिएको र स्रोतहरुले उक्त डिस्प्ले डायगोनल्ली ६.५ इन्चको रहेको दाबी गरेको छ। साथै पछाडिको भागमा (रेक्ट्र्याङगुलर) आयताकार क्यामरा आईल्याण्ड हाउजिङमा तीनओटा क्यामरा र एलईडी फ्ल्यास रहेको छ।
त्यसैगरी पछाडिको कभरमा मोटोरोला लोगो पनि रहेको तर यसले फिङ्गरप्रिन्ट स्क्यानरको रूपमा डबल अप नगर्ने बताइएको छ। मोटो जी पावर (२०२३) को फिङ्गरप्रिन्ट रिडर फ्रेमको दायाँ–साइडमा रहेको पावर बटनमा समावेश गरिएको र त्यस पावर बटनको तल भोल्युम बटन पनि रहेको छ।
स्मार्टफोनको तल्लो भागमा यूएसबी–सी पोर्टका साथै ३.५ एमएम हेडफोन ज्याक, माइक्रोफोन, र स्पिकर ग्रिल रहेको उल्लेख छ। साथै सेकेण्डरी माइक पनि यसमा समावेश गरिएको र मोटो जी पावर (२०२३) को बायाँ छेउमा सम्भवतः सीम कार्ड स्लट रहेको बताइएको छ।
मोटोरोला मोटो जी पावर (२०२३) ८.४ एमएम बाक्लो भएको (क्यामेरा बम्पको साथ १०एमएम) र चाँडै नै विश्वव्यापी रूपमा लन्च हुने अपेक्षा गरिएको स्रोतहरुले बताएको उल्लेख गरिएको छ।
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार