सेमीकन्डक्टरको अभावले मारुती सुजुकीको गाडी आपूर्तिमा ढिलाई हुने

  • Technology Khabar | २२ फाल्गुन २०७९, सोमबार
सेमीकन्डक्टरको अभावले मारुती सुजुकीको गाडी आपूर्तिमा ढिलाई हुने

काठमाडौं ।

भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले सेमीकन्डक्टरको अभाव आगामी केही चौमासिकसम्म रहने सम्भावना रहेको बताएको छ। यसले कम्पनीका केही सवारीसाधनको पेन्डिङ अर्डरको सङ्ख्यामा थप वृद्धि गर्नेछ। कम्पनीसँग त्यस्ता अर्डरको संख्या बढेर ३.६९ लाख युनिट पुगेको छ।

जसमध्ये सबैभन्दा बढी अर्टिगाका लागि ९४ हजार अर्डर छन् । ग्रान्ड भिटारा र ब्रेजाका लागि कम्पनीको क्रमशः ३७,००० र ६१,५०० युनिटको अर्डर बाँकी छ। यसबाहेक, मारुतीले जिम्नी र फ्रन्क्सका लागि क्रमशः २२,००० र १२,००० बुकिङ गरेको छ।

सेमिकण्डक्टरको अभावका कारण अक्टोबर–डिसेम्बरमा कम्पनीले करिब ४६ हजार युनिटको उत्पादन घाटा बेहोरेको थियो। चालु त्रैमासमा कम्पनीको उत्पादनमा पनि केही असर पर्न सक्छ। मारुति सुजुकीका वरिष्ठ कार्यकारी अधिकृत (मार्केटिंग र सेल्स) शशांक श्रीवास्तवले भने, “सेमिकन्डक्टरको अभाव जारी छ। सामान्य अवस्थाको टाइमलाइन अनुमान गर्न गाह्रो छ।”

फेब्रुअरीमा मारुतीको कुल बिक्री करिब पाँच प्रतिशतले बढेर १,७२,३२१ युनिट पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा १.६४ लाख युनिट थियो।

प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...