
काठमाडौं ।
धेरै भन्दा धेरै ब्रान्डहरूले फोल्डेबल फोनहरू लन्च गरिरहेकाले हाल फोल्डेबल स्मार्टफोन क्याटगोरीले गति लिइरहेको छ। अन्य ब्रान्डहरूको फोल्डेबल फोनहरूको तुलनामा सबैभन्दा रिफाइन्ड एक्सपिरियन्स (परिष्कृत अनुभव) सामसङको फोल्डेबलहरूले प्रदान गरेको बताइएको छ।
कोरियाली टेक जायन्टले हालको अवस्थामा फोल्डेबल खण्ड अन्तर्गत बजारको नेतृत्व गरेको उल्लेख गरिएको छ। सामसङले २०२२ मा अन्य सबै ओइएमहरुको संयुक्त भन्दा बढी फोल्डबल स्मार्टफोनहरूको ढुवानी गरेको छ।
फोल्डेबल स्मार्टफोन बजारको २०२२ मा विश्वभर १४.२ मिलियन सिपमेन्टको रेकर्ड रहेको र त्यसमध्ये सामसङले मात्रै ११ करोडभन्दा बढी युनिट ढुवानी गरेको क्यानालिस रिसर्चको अनुसन्धानलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले रिपोर्टमा उल्लेख गरेको छ।
त्यसैगरी दोस्रो स्थानमा रहेको चिनियाँ ब्रान्ड ह्वावेले २ मिलियन फोल्डेबलहरू ढुवानी गरेको र त्यसलाई क्रमशः ओप्पो, भिभो, शाओमी, अनर र मोटोरोलाले पछ्याउँदै समग्रमा केवल ४० हजार फोल्डेबल स्मार्टफोनहरू ढुवानी गरेको बताइएको छ।
क्यानालिसले २०२३ मा फोल्डेबलहरूको ढुवानी दोब्बर हुने र ३० मिलियन युनिट पुग्ने अनुमान गरेको छ। साथै यस खण्डमा सामसङको प्रभुत्वलाई चुनौती दिन थप चिनियाँ ब्रान्डहरूले आफ्नो फोल्डेबल डिभाइसहरू चीन बाहिर लन्च गरेपछि फोल्डेबल बजार अझ रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार