नेपाल, युएई र पपुवा न्यूगिनी बीचको ट्राइसिरिज क्रिकेट टिकट माइपे वालेटबाट किन्दा २० प्रतिशत छुट

  • Technology Khabar | २१ फाल्गुन २०७९, आईतवार
नेपाल, युएई र पपुवा न्यूगिनी बीचको ट्राइसिरिज क्रिकेट टिकट माइपे वालेटबाट किन्दा २० प्रतिशत छुट

काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्यु निगी बीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको टिकट माइपे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ।

खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ। माइपेका अनुसार टिकटको मूल्य रु १५० निर्धारण गरेकोमा माइपे डिजिटल वालेटमर्फत डिजिटल खरिदमा टिकटको मूल्य रु.१२० मात्रै निर्धारण भएको हो। खेल आगामी फागुन २५ गतेदेखि टियू क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदैछ।

माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको ब्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए।

पछिल्ला खेलहरुमा नेपाली क्रिकेट दर्शकहरुको उत्साहजनक सहभागिता रहेकाले त्यसलाई निरन्तरता दिन सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपेले जनाएको छ। माइपेले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडिलाई समर्थन र हौसला प्रदान गर्न समेत आह्वान गरेको छ।

प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार