Technology Khabar २१ फाल्गुन २०७९, आईतवार
काठमाडौं ।
ट्रान्जिसन समुहको एक हिस्सा आईटेलले भारतमा आईटेल प्याड नामको नयाँ ट्याब्लेट लन्च गरेको छ। यसको मूल्य १२,९९९ भारु (१६० अमेरिकी डलर) तोकिएको छ र भारत भरमा अनलाईन र अफलाईन स्टोर मार्फत बिक्री वितरण गरिने बताइएको छ। साथै यो नयाँ ट्याब्लेट आईटेल प्याड १ डिप ग्रे र लाइट ब्लू गरि दुई भिन्न रङ्गहरुमा उलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
आईटेल प्याड १ मा मेटल डिजाइन रहेको र यसमा १०.१ इन्चको १,२८० ८००–पिक्सेल आईपीएस डिस्प्ले प्याक गरिएको बताइएको छ। यसमा युनेस्को एससी ९८६३ए१ एसओसीका साथै ४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको बताइएको छ। साथै स्टोरेजलाई माइक्रोएसडी कार्ड मार्फत ५१२ जीबी सम्म विस्तार गर्न सकिने उल्लेख छ। ट्याब्लेटमा एन्ड्रोइड १२ (गो एडिसन) आउट अफ द बक्स पाइनेछ। यद्यपी यस ट्याब्लेटको भविष्यमा सफ्टवेयर अपडेटहरूको बारेमा भने कुनै जानकारी उल्लेख गरिएको छैन्।
आईटेल प्याड १ मा दुई क्यामराहरू छन् । अगाडि ८ एमपी क्यामरा र पछाडि ५ एमपी क्यामरा रहेको छ। यसमा वाईफाई र एलटीई कनेक्टिभिटी पनि रहेको र यस मार्फत प्रयोगकर्ताहरूले ४जी कल गर्न सक्ने बताइएको छ।
आईटेल प्याड १ मा यूएसबी टाइप सी पोर्टमार्फत १० वाटसम्मको चार्ज गर्न सकिने ६,००० एमएएच ब्याट्री समावेश गरिएको छ। साथै यस ट्याब्लेटको बाँकी हाइलाइटहरूमा डुअल स्पिकरहरू, ३.५एमएम हेडफोन ज्याक, जीपीएस, र एफएम रेडियो समावेश रहेको उल्लेख छ।
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार