वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन संस्थाको वेबसाइटमा राख्नुपर्ने

Technology Khabar २० फाल्गुन २०७९, शनिबार

काठमाडौं ।

वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगार विभागले यसअघि म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरे मात्रै हुनेमा अबभने आफ्नो वेबसाइटमा समेत अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको हो। विभागले सूचना प्रकाशित गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको छ। विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘अटोअप्रुभ’ हुने व्यवस्था गरिएको छ।

अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतिबमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आआफ्नो संस्थाको वेबसाइटमा अनिवार्य राख्नुपर्ने भएको छ। यस कामको नियमित अनुगमनसमेत हुने भएको छ। त्यसो गरेको नपाइएमा कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ।

प्रकाशित: २० फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया