गुगलले एन्ड्रोइड स्मार्टफोनमा ईसिम ट्रान्सफर सुविधा ल्याउने

  • Technology Khabar | १८ फाल्गुन २०७९, बिहीबार
गुगलले एन्ड्रोइड स्मार्टफोनमा ईसिम ट्रान्सफर सुविधा ल्याउने

काठमाडौं ।

ग्लोबल टेक कम्पनी गुगलले एन्ड्रोइडका लागि केही नयाँ सुविधाहरू घोषणा गरेको छ। गुगलले स्पेनको बार्सिलोनामा चलिरहेको मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) मा यो वर्षको अन्त्यसम्ममा ई-सिम(eSIM) ट्रान्सफर सपोर्ट ल्याउने जानकारी पनि दिएको छ। यसले प्रयोगकर्ताहरूलाई आफ्नो मोबाइल प्लानलाई नयाँ उपकरणमा स्थानान्तरण गर्न सजिलो बनाउनेछ।

जीएसएमएको विश्वव्यापी मानकमा निर्मित, यो सुविधाले मोबाइल प्लानलाई नयाँ फोनमा स्थानान्तरण गर्न भौतिक सिम परिवर्तन गर्नुपर्ने आवश्यकतालाई हटाउनेछ। गुगलले आफ्नो ब्लग पोस्टमा बताएअनुसार एन्ड्रोइड डिभाइसहरूको लागि नयाँ ईसिम स्थानान्तरण सुविधा यस वर्षको अन्त्यमा रोल आउट हुनेछ। डोयच टेलिकोम यो समर्थन प्राप्त गर्ने पहिलो टेलिकम कम्पनी हुनेछ। गुगलले सामसंग, वनप्लस, ओप्पो र शाओमी जस्ता साझेदार ब्रान्डहरूसँग नयाँ एन्ड्रोइड क्षमताहरू पनि घोषणा गरेको छ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको नयाँ स्मार्टफोन शाओमी १३ र १३ प्रोलाई डिजिटल कार की फिचरको सपोर्टमा लन्च गरिएको छ। ओप्पो फाइण्ड एन २ फ्लिप र वनप्लस ११ मा नियरबाइ शेयर सुविधा छ।

कम्पनीले गुगल किप, होम स्क्रिनमा सिंगल नोट विजेट पनि घोषणा गरेको छ। यस बाहेक, वेयर ओएसको साथ, प्रयोगकर्ताहरूले स्मार्टवाचमा एक ट्यापमा नोटहरू सिर्जना गर्न सक्षम हुनेछन्।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...