स्मार्टवाचका लागि फिनल्याण्डको पोलर इलेक्ट्रोसँग क्यासियोको सहकार्य

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
स्मार्टवाचका लागि फिनल्याण्डको पोलर इलेक्ट्रोसँग क्यासियोको सहकार्य

काठमाडौं ।

जापानी घडी निर्माता क्यासियो कम्प्युटरले आफ्नो नयाँ फिटनेस स्मार्टवाचको लागि मुटुको दर अनुगमन गर्ने अग्रगामी फिनल्याण्डमा आधारित पोलर इलेक्ट्रोसँग साझेदारी गरेको दुई कम्पनीहरूले मंगलबार बताएका छन्।

क्यासियोले सन् २०२१ मा गुगलको वेयर अपरेटिङ सिस्टम प्रयोग गरी एप्पल र सामसङको वर्चस्व रहेको पहिरनयोग्य (वेयरेबल) बजारमा आफ्नो पहिलो स्मार्टवाच सहित प्रवेश गरेको थियो।

क्यासियोले पोलरको प्रविधिलाई आफ्नो नयाँ स्मार्टवाचमा थप्ने यसले बताएको छ। पोलरले अन्य व्यावसायिक साझेदारहरूलाई पनि यसको एल्गोरिदमहरू प्रस्ताव गर्ने जानकारी दिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...