
काठमाडौं ।
गत वर्ष क्वालकम, थालेस र भोडाफोनले इन्टिग्रेटेड सिम (आईसिम) मानकलाई विशेष रूपमा इन्जिनियर गरिएको सामसङ ग्यालेक्सी जेड फ्लिप३ मा डेमो गरेर देखाएका थिए। अब, क्वालकम र थालेसले एमडब्लुसी २०२३ मा स्न्यापड्रागन ८ जेन २ चिपसेटको परिमार्जित संस्करणमा व्यावसायिक रूपमा प्रयोग गर्न मिल्ने पहिलो आईसिमको घोषणा गरेका छन्।
“आईसिमको विश्वको पहिलो सुरक्षा प्रमाणीकरण जीएसएमएले क्वालकम टेक्नोलोजीस र थालेसको केही वर्षहरुको गहन विकास कार्यलाई पछ्याउँछ। ईसिमको बढ्दो लोकप्रियसँगै, थालेस ५जी आईसिमले डिभाइस मेकर्स (उपकरण निर्माताहरू) र मोबाइल अपरेटरहरूलाई आफ्ना ग्राहकहरूका लागि सहज ओभर–द–एयर कनेक्टिभिटीका साथै थप रोमाञ्चक र पहुँचयोग्य प्रोडक्ट डिजाइनहरू प्रदान गर्न अझ ठूलो स्वतन्त्रता दिन्छ,” थालेस मोबाइलमा भीपी एम्बेडेड प्रोडक्टस्का भीपी गुइलाउम ल्याफेले भने।
आईसिमयुक्त स्न्यापड्रागन ८ जेन २ ले जीएसएमएबाट सुरक्षा प्रमाणीकरण प्राप्त गरेको र यसले पनि ईसिम मोड्युलहरूको जस्तै स्तरिय साइबर सुरक्षाको सुनिश्चित गर्ने उल्लेख गरिएको छ। साथै आईसिमले चिपसेटमा सिम टेक्नोलोजीलाई १ वर्ग मिमी भन्दा कम ठाउँमा एकीकृत गरेका र त्यो परम्परागत नानोसिम कार्डको (१२.३x८.८ मिमी) को आकारभन्दा १०० गुणा सानो भएको उल्लेख गरिएको छ।
उपकरणहरू भित्र सिम सेवाहरूको लागि छुट्टै भौतिक ठाउँको आवश्यकतालाई हटाउने र कम पावर तान्ने आईसिमका मुख्य फाइदाहरु रहेको जीएसएमएरिनाको रिपोर्टमा भनिएको छ। साथै यसले साना डिभाइसको डिजाइनहरूको लागि सम्भावनाको ढोका पनि खोल्ने छ।
सन् २०२७ सम्ममा ग्लोबल आईसिम ढुवानी संख्या ३०० मिलियन हुने अपेक्षा गरिएको छ। त्यसैगरी थेल्ससँग उदीयमान आईसिम मानक र यसका सबै मुख्य फिचरहरूको धेरै विस्तृत ओभरभ्यू रहेको बताइएको छ।
प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार