मेड इन इन्डिया परर्फमेन्स ईबाइक अल्ट्राभोयलेटको डेलिभरी शुरु

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
मेड इन इन्डिया परर्फमेन्स ईबाइक अल्ट्राभोयलेटको डेलिभरी शुरु

काठमाडौं ।

इलेक्ट्रिक टू ह्वीलर स्टार्टअप अल्ट्राभोयलेटले आफ्नो मेड इन इन्डिया परर्फमेन्स इलेक्ट्रिक बाइक एफ७७ को डेलिभरी शुरु गरेको छ। कम्पनीले उक्त ईबाइकको डेलिभरी बैंगलुरुबाट शुरु गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

अल्ट्राभोयलेटले भारतभर आफ्नो डिलरशिप खोल्ने योजनामा काम गरिरहेको छ। यसका साथै कम्पनीले आफ्नो ईबाइक अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध गराउने योजना बनाइरहेको छ।

अल्ट्राभोयलेट अटोमोटिभका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमणियमले ब्रान्डलाई अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध गराउन खोजेको बताए। अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रिक परर्फमेन्स बाइक्सको राम्रो माग देखिएको छ।

अल्ट्राभोयलेट स्थापना भएदेखि अहिलेसम्म ५५ मिलियन अमेरिकी डलरभन्दा धेरै लगानी जुटाएको छ। कम्पनीले पछिल्लो लगानी यूरोपको एक्सोर क्यापिटल, अमेरिकामा आधारित क्वालकम भेन्चर्स, टीभीएस मोटर कम्पनी, जोहो कर्प, गोफ्रुगल टेक्नोलोजीज र स्पेकल इन्भेस्टसहित प्रमसुख कम्पनीबाट लगानी प्राप्त गरेको थियो।

अल्ट्राभोयलेट एफ७७ मा हाल उपलब्ध टू ह्वीलर मध्ये सबैभन्दा ठूलो ब्याट्री लगाइएको कम्पनीको दाबी छ। कम्पनीले यो बाइक दुई भेरियन्ट स्ट्यान्डर्ड र रेकोनमा पेश गरिरहेको छ। दुवै मोडलमा चेन ड्राइभ सिस्टम दिइएको छ र पावर, रेञ्ज र परर्फमेनस भने भिन्न छ।

एफ७७ स्ट्यान्डर्डमा दिइएको ७.१ किलोवाट आवर ब्याट्री प्याकले २०६ किलोमिटर सिर्टिफाइ रेञ्ज प्रदान गर्छ। तर वास्तविक परिस्थितिमा यसको रेञ्ज १७६ किलोमिटर (ग्लाइड मोडमा) छ।

टप मोडल अल्ट्राभोयलेट एफ७७ रेकोनमा १०.३ किलोवाट आवरको ब्याट्री प्याक प्रयोग गरिएको छ। बाइकको सर्टिफाइ रेञ्ज ३०७ किलोमिटर छ तर वास्तविक परिस्थितिमा यसले २६१ किलोमिटर रेञ्ज प्रदान गर्छ।

अल्ट्राभोयलेट एफ७७ को शुरुवाती मूल्य ३ लाख ८० हजार भारु (एक्स शोरुम) तोकिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार