वानप्लस एस २भी को आधिकारीक लन्च मिति र डिजाइन घोषणा

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
वानप्लस एस २भी को आधिकारीक लन्च मिति र डिजाइन घोषणा

काठमाडौं ।

यस महिनाको शुरुवात स्न्यापड्रागन ८ प्लस जेन १ पावर्ड एस २ अनावरण गरेको वानप्लसले डाइमेन्सिटी चिपद्वारा संचालित नयाँ एस सिरिजको स्मार्टफोन लन्च गर्ने बताएको थियो। डाइमेन्सिटी चिपद्वारा संचालित उक्त नयाँ एस स्मार्टफोनको नाम वानप्लस एस २भी रहेको वानप्लसले खुलासा गरेको थियो।

अब, वानप्लसले उक्त एस २भी चीनमा मार्च ७ मा स्थानीय समय दिउँसको२ः३०ः मा लन्च गरिने घोषणा गरेको जीएसएम्एरिनाले रिपोर्ट गरेको छ।

साथै वानप्लसले एस २को डिजाइन र रंग विकल्पहरू देखाउँदै आफ्नो आधिकारिक वेबसाइटमा छोटो भिडियो पनि पोस्ट गरेको थियो।

यद्यपी वानप्लसले अझै सम्म पनि एस २को स्पेक्स सिटको विस्तृत विवरण भने दिएको छैन्। तर यदि एनटीयूटीयू लाई विश्वास गर्ने हो भने उक्त फोन डाइमेन्सिटी ९००० एसओसी, १६जीबी एलपीडीडीआर५एक्स र्याम, ५१२जीबी यूएफएस ३.१ स्टोरेज र एन्ड्रोइड १३ सँग आउने बताइएको छ। साथै एस २भी मा १२० हर्जको स्क्रिन रहने उल्लेख छ।

त्यसैगरी वानप्लस एस २भी र एस २ ले स्पेक्स बाहिरिने अपेक्षा गरिएको छ। उक्त दुई फोनहरुको स्पेक्सहरु समान रहेतापनि वानप्लस एस २भी डाइमेन्सिटी ९००० चिप, ६४ मेगापिक्सेलको प्राथमिक क्यामेरा र ८० वाटको चार्जिंगको साथ आउने उल्लेख गरिएको छ।

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १७ फाल्गुन २०७९, बुधबार