अब एन्ड्रोइड प्रयोगकर्ताले क्रोममा फन्ट साइज ३०० प्रतिशतसम्म जुम गर्न सक्ने

  • Technology Khabar | १७ फाल्गुन २०७९, बुधबार
अब एन्ड्रोइड प्रयोगकर्ताले क्रोममा फन्ट साइज ३०० प्रतिशतसम्म जुम गर्न सक्ने

काठमाडौं ।

गुगलले एन्ड्रोइड डिभाइसको लागि क्रोम पेजमा नयाँ जुम फिचर प्रस्तुत गरेको छ। एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताहरूले वेबको मोबाइल भर्सनलाई थप एक्सेसएबल बनाउन क्रोम पेजमा ‘जुम’ ३०० प्रतिशतसम्म बढाउन सक्नेछन्।

यो फिचर अझै सबै क्रोम प्रयोगकर्ताहरूका लागि उपलब्ध छैन। प्रयोगकर्ताले आफ्नो फोन वा ट्याब्लेटमा क्रोम बिटा डाउनलोड गरेर यसलाई एक्सेस गर्न सकिने दभर्जले उल्लेख गरेको छ। यो फिचर इनएवल गर्न, ब्राउजरको माथिल्लो दायाँ कुनामा तीन ओटा थोप्लाहरू आइकनमा ट्याप गर्नुपर्छ सेटिङ < सेटिङ थिच्नुहोस्, र त्यसपछि आफ्नो आवश्यकता अनुसार जुम स्तर समायोजन गर्न सकिन्छ।

गुगलले प्रयोगकर्ताले ब्राउज गर्ने सबै साइटहरूको लागि यो प्राथमिकता सेभ गर्नेछ ताकि प्रयोगकतालाई यसलाई ट्वीक गरिरहनु पर्दैन, र जुम फिचर ब्लक गर्ने प्रयास गर्ने साइटहरूलाई पनि बाइपास गर्नेछ। यस अघि गुगलले प्रयोगकर्तालाई २०० प्रतिशतसम्म टेक्स स्केलिङ गविकल्प समयोजन गर्न अनुमति दिएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...