
काठमाडौं ।
आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नेछन्।
सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ गरिएको कम्पनीले जनाएको छ।
यो सुबिधा केही समय पस्चात लाईभ हुने र लागु गरे पस्चात ग्राहकवर्गले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्ने उल्लेख छ।
प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार