सरकारी डाटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन र साइबर निगरानी गर्नुपर्ने

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
सरकारी डाटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन र साइबर निगरानी गर्नुपर्ने
फाइल तस्बिर।

काठमाडौं ।

नेपाल सरकारले सरकारी डाटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ। सोमबार फागुन १५ गते बसेको मन्त्रिपरिषद​ बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई नेटवर्किङ र साइबर सुरक्षामा प्राविधिकको निगरानीसहित डाटा सेन्टरलाई २४ सै घण्टा निगरानीसहित सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्‌को बैठकको निर्णय सार्वजनिक गर्दै मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीले उक्त निर्णय गरिएको जानकारी दिईन्।

उक्त निर्णयमा नेपाल सरकारका सबै निकायका तथ्याङ्क एवम् सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने रहेको छ।

‘राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौंडामा रहेको डिजाष्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरी चौबीसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार