
काठमाडौं ।
नेपाली कांग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको सबै डाटा टर्कीमा भेटिएको दाबी गरेकी छन्।
मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रममा बोल्दै उनले आर्मीको सबै डाटा डार्क वेबमा भेटिएको जानकारी पाएको बताईन्।
‘मलाई एकजनाले देखायो म नाम त भन्दिन्। हाम्रा नेपाली सेनाका जर्नेल सापहरुको सबै इमेलसहितका डाटा डार्क वेबमा टर्कीमा भेटियो,’ उनले भनिन्, ‘एयरपोर्ट ह्याक गरियो र सबै उपकरणहरु बन्द गरियो।’
उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यसको प्रयोग गर्न नेपालीहरु अझै पूर्ण सक्षम नरहेको बताइन्। राणाले साइबर सुरक्षामा नेपालले आफ्नै किसिमको सलुसनसहितको प्रविधि विकास गर्न जरुरी रहेको बताइन्।
सरकारले केहि न केहि गरिरहेको भएपनि हार्डवेयर र सफ्टवेयर क्षेत्रमा युवाहरुले काम गर्नुपर्ने बताईन्।
प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार