शाओमी वायरलेस एआर ग्लास डिस्कवरी एडिसन एमडब्लुसीमा प्रदर्शन 

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
शाओमी वायरलेस एआर ग्लास डिस्कवरी एडिसन एमडब्लुसीमा प्रदर्शन 

काठमाडौं ।

यस वर्षको एमडब्लुसी सम्मेलनमा शाओमीको निकै ठूलो उपस्थिति रहेको छ। उक्त सम्मेलनमा शाओमी १३ श्रृंखलाका फोनहरूको विश्वव्यापी लन्च गरिनुका साथै कम्पनीले एक जोडी अग्मेन्टेड रियालिटी (एआर) चश्मा पनि शोकेस गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

शाओमी वायरलेस एआर ग्लास एक वायरलेस स्मार्ट चश्माको अवधारणा रहेको बताइको छ। उक्त चश्मालाई फोन वा अन्य कुनै पनि डिभाइसमा पेयर गरेको खण्डमा यसले तार र डोङ्गलहरूबाट मुक्त एआर अनुभव प्रदान गर्ने उल्लेख गरिएको छ। यद्यपी शाओमीको एआर चश्मामा कुनै पनि बिल्ट–इन स्टोरेज भने समावेश नगरिएको हुनाले तिनीहरूलाई काम गर्नको लागि होस्ट उपकरणमा जडान गरिनु पर्ने आवश्यकता रहेको बताइएको छ।

उक्त चश्मामा दुईवटा माइक्रो ओएलईडी स्क्रिनहरू फिचर गरिनुका साथै फ्री–फर्म लाइट–गाइडिङ प्रिज्म मोड्युल रहेको र तिनीहरुले आँखामा कन्टेन्ट (सामग्री) आउटपुट गर्ने उल्लेख गरिएको छ। साथै तिनीहरूले प्रति आँखा १२०० निट्ससम्मको पिक ब्राइटनेस बोस्ट गर्ने बताइएको छ। त्यसैगरी शाओमीले प्रयोगकर्ताको वरपरको संसारको नक्सा बनाउन प्रयोग हुने तीनवटा क्यामेरा मोड्युलहरू पनि समावेश गरेको बताइएको छ।

एआर ग्लास ले भर्चुअल स्पेसमा पूर्ण डुब्नका लागि इमर्स्ड मोड सहितको इलेक्ट्रोक्रोमिक लेन्सहरू र पारदर्शी मोडका लागि प्रयोगकर्तालाई आफ्नो वरपरका वस्तुहरू हेर्न दिन्छ। हेडसेटमा कार्बन फाइबर तत्वहरू सहितको म्याग्नेसियम–लिथियम अलोय (मिश्र धातु) संरचना फिचर गरिएको र यसको वजन १२६ ग्राम रहेको बताइएको छ।

मेटा क्वेस्ट प्रो जस्तै शाओमी वायरलेस एआर ग्लासमा पनि क्वालकमको स्न्यापड्रागन एक्सआर२+ जेन १ प्लेटफर्म फिचर गरिएको र यसले स्न्यापड्रागन स्पेस एक्सआर डेभ्लपर प्लेटफर्मलाई सपोर्ट गर्ने बताइएको छ। साथै शाओमीले सटीक नियन्त्रण र सञ्चालनको लागि स्थानिय पहिचान सहितको आफ्नै एआर गेस्चर नियन्त्रणहरू पनि विकास गरेको बताइएको छ।

हेडसेटको ल्याटेन्सी स्मार्टफोनको साथ पेयर्ड गरिएको खण्डमा पनि ५०एमएस भन्दा कम रहेको र यसलाई शाओमीले केबल मार्फत हुक गरिएको परम्परागत एआर/भीआर हेडसेटबाट अपेक्षा गरिने ल्याटेन्सी (विलम्बतासँग) बराबर रहेको दाबी गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार