अनरको १२.८ प्रतिशत हायर इनर्जी डेन्सिटी भएको पहिलो सिलिकन–कार्बन ब्याट्री सार्वजनिक

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
अनरको १२.८ प्रतिशत हायर इनर्जी डेन्सिटी भएको पहिलो सिलिकन–कार्बन ब्याट्री सार्वजनिक

काठमाडौं ।

चिपसेट, डिस्प्ले, क्यामरा लगायतका धेरै जस्तो स्मार्टफोन टेक्नोलोजीहरू द्रुत गतिमा अगाडि बढिरहेका छन्। तिनीहरुको तुलनामा ब्याट्रीको क्षमता (ब्यट्री क्यापासिटि) भने निकै सुस्त गतिमा अघि बढिरहेको छ। तयसैले ब्यट्री क्यापासिटिको सुस्त गतिलाई ध्यानमा राखेर अनरले समाधानको रुपमा उद्योग कै पहिलो सिलिकन–कार्बन ब्याट्री ल्याएको भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।

अनरको यस सिलिकन–कार्बन ब्यट्रीले हालको लिथियम ब्याट्रीहरूको तुलनामा १२ प्रतिश हायर इनर्जी डेन्सिटि (उच्च ऊर्जा घनत्व) प्रदान गर्ने दाबी गरेको छ। लिथियम ब्याट्रीले इलेक्ट्रोडहरू मध्ये एक एनोडमा ग्रेफाइट प्रयोग गर्दछ। यसको ठोस उदाहरणको लागि अनर म्याजिक५ प्रोमा समावेश गरिएको मानक ५,१०० एमएएच ब्याट्रीलाई लिन सकिन्छ। उक्त फोनमा मानक ५,१०० एमएएच ब्याट्रीको सट्टा सिलिकन–कार्बन ब्याट्री प्रयोग गरिएको भए त्यस ब्याट्रीको क्षमता ५,४५० हुने उल्लेख गरिएको छ।

सीईओ जर्ज झाआले स्टेजमा नयाँ ब्याट्री किन राम्रो छ भनेर द्रुत व्याख्या प्रस्ट पार्ने किसिमको केही चार्टहरू संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए। एक मानक लिथियम ब्याट्रीमा एक पटक यसको भोल्टेज ३.५ भोल्टमा झर्यो भने यसमा धेरै बाँकी केही नरहने बताइएको छ। तर त्यही अवस्थाको सिलिकन–कार्बन ब्याट्री भने मानक ब्याट्रीको तुलनामा ३.५भी मा पनि २४० प्रतिशत बढी क्षमता बाँकी हुने र त्यसले गर्दा समग्रमा १२.८ प्रतिशत सुधार निम्त्याउने बताइएको छ।

साथै चाखलाग्दो कुरा के छ भने म्याजीक फाइभ प्रो चीनमा ५,४५० एमएएच ब्याट्री भएको फोनको रूपमा सूचीबद्ध रहेको र यसले प्रयोगशालामा परीक्षण गरिएको कुरा मात्र नभएर नयाँ ब्याट्री प्रविधि पहिले नै वास्तविकता भईसकेको भनी साबित गरेको उल्लेख गरिएको छ। यद्यपि, अन्तर्राष्ट्रिय मोडल भने मानक ५,१०० एमएएच ब्याट्रीको साथ लन्च गरिने भएकाले अनरले चीनका युनिटहरुमा वास्तवमै सिलिकन–कार्बन ब्याट्रीहरू समावेश गरेको हो वा होइन भनी अनरले नै पुष्टि गर्नू पर्ने उललेख गरिएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...