
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवाको बारेमा जानकारी दिने उद्देश्ययले मोबाइल एप संचालनमा ल्याएको छ।
विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले ग्राहक महानुभावहरूलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै मोबाइल एप एनईए एप (NEA App) सञ्चालनमा ल्याएको हो।
यसमा मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीहरू प्रदान गर्न एवं गुनासो व्यवस्थापन समेत गर्न सकिने किसिमको सेवाहरुको बारेमा जानकारी लिन सकिने निर्देशनालयले जनाएको छ।
प्राधिकरणले आफ्नो मोबाइलको प्ले स्टोर वा एप स्टोरमा गई एनईए अफिसियल एप डाउनलोड गरी आफ्नो ग्राहक विवरणहरू रजिस्टर गरी मोबाइल एपको भरपुर प्रयोग गरी लाभ लिनुहुन भनेको छ।
प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार