गुगल क्लाउडको एआईमा आधारित टेलिकम नेटवर्क अटोमेसनको घोषणा

  • Technology Khabar | १६ फाल्गुन २०७९, मंगलवार
गुगल क्लाउडको एआईमा आधारित टेलिकम नेटवर्क अटोमेसनको घोषणा

काठमाडौं ।

एमडब्लुसी बार्सिलोना २०२३ मा, गुगल क्लाउडले संचार सेवा प्रदायकहरू (कम्युनिकेसन्स सर्भिस प्रोभाइडर्स –सीएसपीएस) को नेटवर्क सञ्चालनहरू स्वचालित र अप्टिमाइज गर्न मद्दत गर्ने एउटा नयाँ उत्पादनको घोषणा गरेको छ।

टेलिकम नेटवर्क अटोमेसन (स्वचालन) भनिने उक्त उत्पादन, क्लाउड–आधारित समाधान भएको र यसले कुबरन्याटिजट्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र खुला स्रोत सफ्टवेयरमा गुगलको विशेषज्ञताको लाभ लिने उल्लेख गरिएको छ।

टेलिकम नेटवर्क अटोमेसन नेफिहोमा आधारित रहेको र यसलाई गुगलले लिनक्स फाउन्डेसन अन्तर्गत सिर्जना गरेको एउटा खुला स्रोत परियोजना भएको बताइएको छ। मल्टिपल क्लाउडहरू र विक्रेताहरूको नेटवर्क पूर्वाधार र कार्यहरू व्यवस्थित गर्नको लागि नेफिहोले सीएसपीएसलाई साझा स्वचालन टेम्प्लेटहरू प्रयोग गर्न सक्षम भएको बताइएको छ। साथै नेफिहोले प्रयोगकर्ता–परिभाषित उद्देश्यहरूमा आधारित नेटवर्क कार्यसम्पादन निगरानी र समायोजन गर्न एआई–संचालित नियन्त्रण लूपहरू पनि प्रयोग गर्ने उल्लेख छ।

टेलिकम नेटवर्क अटोमेसनले सीएसपीलाई परिचालन लागत घटाउन, सेवाको गुणस्तर सुधार गर्न र नयाँ सेवाहरूको लागि टाइम–टु–मार्केटलाई गति दिन मद्दत गर्न सक्ने गुगल क्लाउडले बताएको छ। साथै उत्पादनले फाइभजी रेडियो एक्सेस नेटवर्क (आरएएन), एज कम्प्युटिङ, नेटवर्क स्लाइसिङ र निजी नेटवर्कहरू जस्ता विभिन्न प्रयोगका केसहरूलाई पनि समर्थन गर्न सक्नेछ।

प्रारम्भिक चरणमा टेलिकम नेटवर्क अटोमेसन अपनाउनेहरू मध्ये एक बेल क्यानाडा रहेको छ। बेल क्यानाडाले टेलिकम नेटवर्क अटोमेसनलाई नेटवर्कको किनारमा क्लाउड सेवाहरू प्रदान गर्ने प्लेटफम– गुगल वितरित क्लाउड एजको कार्यान्वयनलाई स्वचालित बनाउन प्रयोग गरेको छ। साथै बेल क्यानाडाले टेलिकम नेटवर्क अटोमेसनले आफ्नो नेटवर्क व्यवस्थापनलाई सरल बनाउन र ग्राहकको अनुभव बढाउन मद्दत गरेको भनी बताएको छ।

टेलिकम नेटवर्क अटोमेसन सीपीएसको लागि यसको क्लाउड–नेटिभ नेटवर्क आधुनिकीकरण प्रस्ताव को एक हिस्सा रहेको गुगल क्लाउडले बताएको छ। त्यसमा टेलिकमको लागी एन्थोस पनि समावेश रहेको उल्लेख छ। एन्थोस भनेको सीपीएसलाई कन्टेनर र माइक्रोसर्भिसेसहरू प्रयोग गरेर कहीं पनि अनुप्रयोगहरू चलाउन सक्षम गर्ने एक प्लेटफर्म  हो। त्यसैगरी गुगल क्लाउडले यो टेलिकम उद्योगसँग सहकार्य गर्न र खुला मापदण्ड र अन्तरसञ्चालनलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार