एप्पलले आईप्याड ओएलईडीको अर्डर सामसङ र एलजीलाई दिने

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
एप्पलले आईप्याड ओएलईडीको अर्डर सामसङ र एलजीलाई दिने

काठमाडौं ।

एप्पलको नयाँ आईप्याड प्रो यस वर्ष सार्वजनिक नहुने भएको छ। एप्पलले आफ्नो आईप्याड प्रो सार्वजनिक गर्ने कार्यक्रमलाई स्किप गरेर सन् २०२४ को शूरुवातमा मात्रै ल्याउने विश्वास गरिएको यसमा सबैभन्दा ठूलो परिवर्तन भनेको एलसीडीबाट ओएलईडीको स्विच रहने उल्लेख गरिएको छ। कपर्टिनोले प्यानलहरूको लागि सामसङ र एलजीलाई अर्डर दिने कारियाली स्रोतहरुले बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पल र डिस्प्ले निर्माता बीओई बिचको सम्झौताको लागि अझै पनि वार्तामा भइरहेको छ। यसबाट चिनियाँ निर्मातालाई प्रभावकारी रूपमा कम्तिमा प्रारम्भिक चरणको लागि भएपनि खेलबाट बाहिर राखिनेछ।

अघिल्लो आर्थिक वर्षमा एप्पलको फ्ल्यागसिप ट्याब्लेट प्रोडक्ट ७ करोडभन्दा बढी युनिट बिक्री भएको थियो। २०२२ को अक्टोबर र डिसेम्बरको बीचमा कम्पनीले ९.४ बिलियन अ‍ेमेरिकी डलरको बिक्री गरेको र २८ प्रतिशत वार्षिक वृद्धि दर भएको उल्लेख गरिएको छ।

नयाँ आईप्याड प्रो ट्याब्लेटमा केही ठूलो प्यानलहरू समावेश गरिने भएको उल्लेख गरिएको छ। तर डिभाइसको समग्र आकार परिवर्तन हुनेछ कि छैन भन्ने बारेमा ठोस जानकारी भने नभएको रिपोर्टहरूमा उल्लेख गरिएको छ। यसको सानो संस्करण ११ इन्चलाई बढाएर ११.१ इन्च बनाइने र १२.९ इन्चको संस्करणलाई १३(१ इन्चको स्क्रिनद्वारा प्रतिस्थापित गरिने बताइएको छ।

हालै कोरिया चेम्बर अफ कमर्समा ओम्डियाका विश्लेषक काङ्ग मिन–सुले सामसङ र एलजी जस्ता कोरियाली निर्माताहरू फोल्ड गर्न मिल्ने डिभाइसहरुका कारण अझै पनि ओएलईडी मार्केटको निर्विवाद प्रमुख रहेको बताएका छन्। यद्यपी तिनीहरूले एलसीडी व्यवसायको उदाहरण याद गर्नुपर्ने र जस अन्तर्गत चीनले बिक्रीको ठूलो हिस्सा पाएको उल्लेख गरिएको छ।

ओएलईडी डिस्प्ले हिस्सालाई हेर्ने हो भने सामसङ र एलजीले विगतमा बजारको १०० प्रतिशत हिस्सा कब्जा गरेका थिए। अहिले भने तिनीहरू ८० प्रतिशत भन्दा बढी बजार साझेदारीका साथ शीर्ष स्थानमा रहेका छन्। बाँकी हिस्सा भने प्राय सबै चीन कम्पनीको रहेको उल्लेख गरिएको छ। कोरियाली निर्माताहरू अझै पनि चिनियाँ कम्पनीहरू भन्दा “चार देखि छ वर्ष अगाडि” रहेको बताइएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...