राइड सेयरिङमा इलेक्ट्रिक दुई पांग्रे सवारी मात्र प्रयोग गर्ने योजनामा दिल्ली सरकार, नियम उल्लङ्घन गरे १ लाख भारुसम्म जरिवाना

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
राइड सेयरिङमा इलेक्ट्रिक दुई पांग्रे सवारी मात्र प्रयोग गर्ने योजनामा दिल्ली सरकार, नियम उल्लङ्घन गरे १ लाख भारुसम्म जरिवाना
सांकेतिक तस्विर

काठमाडौं ।

भारतको दिल्ली सरकार इलेक्ट्रिक दुई पांग्रे सवारीलाई मात्र राइड सेयरिङ सेवा सञ्चालन गर्न दिने योजना बनाएको छ।

एग्रीगेटर नीतिलाई दिल्ली सरकारले अन्तिम रूप दिँदै राइड सेयरिङका लागि इलेक्ट्रिक दुई पांग्रे सवारी साधनहरू मात्र चलाउने अनुमति दिने प्रस्ताव गरिएको अधिकारीहरूले मंगलबार बताएको दइकोनोमिटाइम्सले उल्लेख गरेको छ।

दुई, तीन र चार पांग्रे सवारी साधनका लागि एग्रीगेटर नीति अन्तिम चरणमा छ र छिट्टै कार्यान्वयनमा आउने दिल्ली सरकारका यातायात मन्त्री कैलाश गहलोतले गत सोमबार भने।

एक वरिष्ठ अधिकारीले भने, एग्रीगेटर नीति, जुन अन्तिम चरणमा छ, यी सवारीहरूलाई नियमित गर्न मापदण्डहरू ल्याउने योजना छ। यस नीति एग्रीगेटरका लागि इलेक्ट्रिक दुई पांग्रे सवारी साधनमा चढ्न अनिवार्य बनाउनेछ र दिगो यातायातलाई प्रोत्साहन दिनेछ, जसमा हाम्रो ध्यान केन्द्रित छ। नीतिलाई छिट्टै अन्तिम रुप दिन आवश्यक छ तर निश्चित रुप्मा अगाडि लामो बाटो तय गर्नुपर्ने हुन्छ।’

दिल्ली सरकारको यातायात विभागले व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने निजी दर्ता चिन्ह भएका दुई पांग्रे सवारीसाधनविरुद्ध कारबाही शुरु गरेको छ।

एक सार्वजनिक सूचनामा, विभागले दिल्लीमा सञ्चालन भइरहेका राइड सेयरिङलाई चेतावनी दिएको छ र नियम उल्लङ्घन गर्नेहरूलाई एक लाख भारुसम्म जरिवाना लगाइने छ।

कारबाहीका बारेमा बोल्दै वरिष्ठ अधिकारीले कुनै निश्चित चिन्ह नभएकाले त्यस्ता सवारीसाधन पहिचान गर्न गाह्रो भएको बताए।

उनले भने, ‘हाल हाम्रो टिमले नक्कली ग्राहकको रुपमा प्रस्तुत भइरहेका छन् र चालान जारी गरिरहेका छन्।’

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार