इसेवा वालेट डाउन हुँदा ग्राहकहरुले समस्या भोग्दै, सिस्टम अपडेट गरिरहेको कम्पनीको भनाई

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
इसेवा वालेट डाउन हुँदा ग्राहकहरुले समस्या भोग्दै, सिस्टम अपडेट गरिरहेको कम्पनीको भनाई

काठमाडौं ।

मोबाइल वालेट कम्पनी इसेवाको भुक्तानी सेवा डाउन भएको छ। कम्पनीको वालेटबाट आज कुनै भुक्तानी तथा कारोबार हुन नसकेको सेवाग्राहीहरुले गुनासो गरेका छन्।

कतिपय सेवाग्राहीहरुले अत्यावश्यक समयमा नै वालेट डाउन हुँदा समस्या भएको बताएका छन्।

कम्पनीले हालसम्म किन सेवा डाउन भयो भन्ने जानकारी दिएको छैन्।

टेक्नोलोजीखबरले कम्पनीका मिडिया हेर्ने एक अधिकारीसँग कुराकानी गर्दा अपडेटको कारण यस्तो भएको बताए।

“अहिले सिस्टम अपडेट हुँदैछ भनेर प्राविधिकहरुले जानकारी दिएका छन्। टपअपमा मात्र समस्या देखिएको छ। र अन्य सेवाहरु चलाउन सकिन्छ,” उनले भने।

तर वालेट खोल्दा ग्राहकहरुलाई सेवा उपलब्ध नै नभएको र पुन प्रयास गर्न भनिएको सन्देश आएको छ। यस्तो संदेशसहितको स्क्रीनसट हामीलाई एक ग्राहकले पठाएका छन्।

यस्तो संदेश आएसँगै वालेटमा कुनै सेवा प्रयोग गर्न नसकिएको उनले बताए।

यस बारेमा थप जानकारी लिन कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न प्रयास गर्दा सो फोनसमेत व्यस्त राखिएको पाईएको छ।

यसअघि पनि विश्वकप फुटबल प्रतियोगिताको अवधिमा इसेवाको वालेट डाउन हुँदा सबै ग्राहकहरुले समस्या भोगेका थिए।

 

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...