एप्पल एमआर हेडसेट सफ्टवेयर बगहरूको कारणले ढिलाई

  • Technology Khabar | १५ फाल्गुन २०७९, सोमबार
एप्पल एमआर हेडसेट सफ्टवेयर बगहरूको कारणले ढिलाई

काठमाडौं ।

मिङ–ची कुओले एप्पल एमआर हेडसेटको बारेमा आफ्नो नविनतम अपडेट साझा गरेका छन्। उक्त डिभाइसको हालको लन्च स्थगित गरि सम्भवतः सेप्टेम्बरमा आईफोन १५ सिरिजको साथ लन्च गरिने कुओले बताएका छन्। हेडसेटले सफ्टवेयर समस्याहरूको सामना गरिरहेको हुनाले यस वसन्तमा सम्भावित रिलीजको सम्भावना घटिरहेको कुओ थप जानकारी दिएका छन्।

उल्लेखित सफ्टवेयर मुद्दाहरूको प्रकृतिमा कुनै विवरण उपलब्ध नभएको र डब्लूडब्लूडीसी लन्च यस बिन्दुमा सम्भव नभएको अफवाहहरु आइरहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एप्पल एमआर हेडसेटको लागि चीनको लक्ससेयर आईसीटीलाई यस वर्षको पहिलो भागमा ठूलो उत्पादनको साथ अग्रणी निर्माण साझेदार हुने अपेक्षा गरिएको छ। साथै हालैका अफवाहहरूको आधारमा, एप्पलले आफ्नो एमआर हेडसेटलाई रियलिटी प्रोको रूपमा लन्च गर्न सक्ने बताइएको छ। उक्त डिभाइसले सम्भवतः आफ्नै एक्सआरओएस अपरेटिङ सिस्टम चलाउने र मूल्य ३,००० अमेरिकी डलरसम्म पर्न सक्ने ब्लूमबर्गको मार्क गुरम्यानले बताएका थिए।

तयसैगरी कुओले २०२५ मा डेब्यु हुने सेकेण्ड जेनेरेसन (दोस्रो पुस्ता) को एप्पल एमआर हेडसेटको केही प्रारम्भिक विवरणहरू पनि साझा गरको बताइएको छ। रिपोर्टअनुसार सेकेण्ड जेनेरेसनको एप्पल एमआर हेडसेट दुई संस्करणहरूमा आउने बताइएको छ। त्यसमध्ये फक्सकनले बनाएको बढी किफायती हुने र लक्ससेयरले उत्पादन गर्ने हाई–इण्ड मोडेलको हुने उल्लेख गरिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...