७ महिनामा करिब २ लाख स्मार्टवाच भित्रियो, पन्ध्र मुलुकबाट आयात

Technology Khabar १५ फाल्गुन २०७९, सोमबार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष (आव) को पहिलो ७ महिनामा करिब २९ करोड रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म २८ करोड ९९ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ९४ हजार ३१३ यूनिट स्मार्टवाच आयात भएको हो।

स्मार्टवाचको आयातबाट सरकारले ८ करोड ८७ लाख ३४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

माघ महिनामा ४ करोड ६१ लाख ९६ हजार रुपैयाँ बराबरको २० हजार ५९२ यूनिट स्मार्टवाच आयात भएको देखिन्छ।

पुस मसान्तसम्म २४ करोड ३७ लाख ८१ हजार रुपैयाँ बराबरको १ लाख ७३ हजार ७२१ यूनिट स्मार्टवाच आयात भएको थियो।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा १५ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको छ।

सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात हुने गरेको देखिन्छ। चीनबाट पहिलो ७ महिनामा २० करोड ४३ लाख ६७ हजार रुपैयाँ बराबरको १ लाख ७० हजार ९५५ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट ५ करोड ८९ लाख ३६ हजार रुपैयाँ बराबरको २२ हजार ५३२ यूनिट स्मार्टवाच आयात भएको छ।

भियतनामबाट २ करोड ५० लाख ७ हजार रुपैयाँ बराबरको ७०० यूनिट स्मार्टवाच आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: १५ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया