तार व्यवस्थापन गर्न दूरसञ्चार ऐन परिमार्जन गरिँदैछः सञ्चारमन्त्री शर्मा

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेका छन्। उक्त भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताएकी छन्।

मेयर शाहले काठमाडौं महानगर भित्रको इन्टरनेट लगायतका तार व्यवस्थापनको विषयमा सञ्चार मन्त्री शर्मासँग छलफल गरे। अव्यवस्थित तारले शहरको सुन्दरता घटाएकोले त्यसलाई नियमन गर्ने बारेमा समेत बालेनले मन्त्री शर्मासँग छलफल गरे।

उता मन्त्री शर्माले सडकका पोलमा अव्यवस्थित रुपमा रहेका तारलाई व्यवस्थित गर्न दूरसञ्चार ऐन परिमार्जन गरी एउटै तारबाट सेवा प्रवाह गर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिरहेको जानकारी दिइन्। “एउटै तारबाट सेवा प्रवाह गर्नेगरी कानुनी प्रावधान ल्याइँदै छ,” उनले भनिन्।

भेटका क्रममा प्रमुख शाहले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू (फेसबुक, ट्वीटर, युट्युव र टिकटकलगायत) नेपालमा पनि दर्ता हुनुपर्ने व्यवस्था गर्न मन्त्री समक्ष अनुरोध गरेका थिए।

मन्त्री शर्माले महानगरको तर्फबाट डिजिटल साक्षरता अभियान सञ्चालन गर्न आग्रह गरेकी थिईन्।

*हेडलाइन सम्पादन

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया