
काठमाडौं ।
फक्सवागनले बाँकी आइडी शृङ्खलाहरूमा रिसाइकल सामग्रीहरू राख्न गइरहेको छ जुन पहिले नै आईडी. बज ठूलो मात्रामा उत्पादन भइसकेको छ।
फक्सवागन आईडी बजको भित्री भाग पुन: प्रयोग गरिएको सामग्रीको ठूलो मात्राले बनेको छ, र ती सामग्रीहरू बिस्तारै आईडी.३, आईडी.४,आईडी.५, र आईडी.७, (ID.3, ID.4, ID.5, र ID.7) मा प्रस्तुत गरिनेछ।
बजको सिट कभरको बाहिरी सामाग्री सिक्वेल धागोबाट बनेको छ, जुन १० प्रतिशत सङ्कलन गरिएको समुद्री फोहोर र ९० प्रतिशत पुन: प्रयोग गरिएको एक टिकाऊ सिंथेटिक धागो पोलिएस्टर पीईएस यार्नबाट बनेको छ। भक्सवागनले सीक्वल यार्नले पारम्परिक सतह सामग्रीको तुलनामा ३२ प्रतिशत उत्सर्जन बचत गर्ने बताएको छ।
फक्सवागनको सिट कभरहरू तथा बजको हेडलाइनर र फ्लोर कभरिङ शत प्रतिशत रिसाइकल गरिएको सामग्रीहरुबाट बनेको छ।
यस्तै कार्पेटको इन्सुलेट तहमा पनि पुन: प्रयोग गरिएको प्लास्टिकहरू छन्। अन्य कम्पोनेन्टहरू, जस्तै अन्डरबडी क्ल्याडिङ र व्हील हाउसिङ लाइनरहरूमा पनि रिसाइकल प्लास्टिक हुने जनाएको छ।
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार