आइएमई पे र कन्काई नगरपालिकावीच डिजिटल भुक्तानी प्रबर्द्धनको समझदारी

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
आइएमई पे र कन्काई नगरपालिकावीच डिजिटल भुक्तानी प्रबर्द्धनको समझदारी

काठमाडौं ।

आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ। समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रबर्द्धन आइएमई पे ले गर्नेछ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ।

भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार