एनआईसी एशिया बैंकको मोबाइल एपबाटै डिजिटल कर्जा प्रदान गर्ने

  • Technology Khabar | १४ फाल्गुन २०७९, आईतवार
एनआईसी एशिया बैंकको मोबाइल एपबाटै डिजिटल कर्जा प्रदान गर्ने

काठमाडौं ।

विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग -एनआईसी एशिया मोबैंक (NIC ASIA MoBank) एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एशिया फोनलोन (Foneloan) सेवा शुभारम्भ गरेको छ ।

नवीनतम प्रविधिमा आधारित रहेर आधुनिक बैंकिङ्गलाई आत्मसात गरी आम जनमानसको बैंकिङ्ग अनुभवलाई सहज बनाइरहेको बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम रु. २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने जानकारी दिएको छ।

बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकहरूले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्ने छन् ।

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्ने जनाइएको छ।

साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहक महानुभावको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहक महानुभावले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकहरुको एनआईसी एशिया मोबैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ ।

कर्जा लिन योग्य ठहरिएमा ग्राहकले एनआईसी एशिया मोबैंकमा लगइन गरी त्यहाँ उल्लेखित एनआईसी एशिया फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन्।

ग्राहकहरूले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहज रुपले लिन सक्ने जनाएको छ।

प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार