नेपाल टेलिकमले माग्यो १३ पदका लागि खुला प्रतिस्पर्धामार्फत कर्मचारी

  • Technology Khabar | १३ फाल्गुन २०७९, शनिबार
नेपाल टेलिकमले माग्यो १३ पदका लागि खुला प्रतिस्पर्धामार्फत कर्मचारी

काठमाडौं ।

नेपाल टेलिकमले शुक्रबार विभिन्न १३ पदका लागि ७३ जना कर्मचारी माग गरेको छ। कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो।

टेलिकमको सूचनाअनुसार कम्पनीले उपप्रबन्धकमा १ जना कर्मचारी माग गरेको छ। यसका साथै वरिष्ठ ईन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, टेलिकम ईन्जिनियर पद (इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन) मा १० जना, टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा ५ जना, टेलिमक इन्जिनियर (इलेक्ट्रिकल) पदमा ३ जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ। यस बाहेक टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र जुनियर टेक्निसियन पदमा १७ जना मागेको छ।

यसका साथै गैर प्राविधिक पदहरुमा समेत आवेदन माग गरेको छ जसअनुसार सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना, सहायक व्यापार अधिकृत ४ जना,  कर्मचारी माग गरेको छ।

कम्पनीले महिला, आदिवासी जनाजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समावेश गरेर विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

टेलिकमकाअनुसार ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले आउँदो चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार