अक्षय कुमारले आईफोन क्यामरामार्फत सेल्फी खिचेर बनाए गिनिज वर्ल्ड रेकर्ड

  • Technology Khabar | १३ फाल्गुन २०७९, शनिबार
अक्षय कुमारले आईफोन क्यामरामार्फत सेल्फी खिचेर बनाए गिनिज वर्ल्ड रेकर्ड

काठमाडौं ।

बलिउड जगतमा ‘खिलाडी’ को नामले चर्चित भारतीय कलाकार अक्षय कुमारले पछिल्लो दिन आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका छन्। वास्तवमा, अभिनेताले मात्र ३ मिनेटमा १८४ सेल्फी लिएर आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराएका हुन्।

अक्षय कुमारको नयाँ फिल्म सेल्फी हलमा रिलिज हुँदैछ। यही फिल्मको प्रमोशनका लागि उनले अघिल्लो दिन फ्यानसँग सेल्फी खिचेका थिए। अभिनेताले लगातार ३ मिनेट विभिन्न व्यक्तिसँग सेल्फी खिचेर नयाँ कीर्तिमान बनाए। अक्षय कुमारले पनि यस बारेको जानकारीसहित आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत एउटा भिडियो सेयर गरेका छन्।

यसका साथमा अक्षय कुमारले ड्वेन जोन्सनको कीर्तिमान पनि तोडेका हुन्। जसलाई सारा संसारले रेस्लर ‘रक’ भनेर चिन्छन्। सन् २०१५ मा रकले ३ मिनेटमा १०५ सेल्फी खिचेका थिए। २०१८ मा जेम्स स्मिथले ३ मिनेटमा १५९ सेल्फी लिएर विश्व कीर्तिमान बनाएका थिए । तर, अब अक्षय कुमारले ३ मिनेटमा १८४ सेल्फी खिचेर नयाँ कीर्तिमान बनाएका हुन्।
https://www.instagram.com/p/Co9nZfMNeqG/?utm_source=ig_embed&utm_campaign=loading

प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार