Technology Khabar १३ फाल्गुन २०७९, शनिबार
काठमाडौं ।
बार्सिलोनामा आयोजना हुने एमडब्लुसी भन्दा अघि नै एचएमडीले नोकिया सीओ२ नामक नयाँ इन्ट्रि–लेभल डिभाइसको घोषणा गरेको छ।
फोनमा एउटा मोडेस्ट स्पिेक्स सिट फिचरका साथै हटाउन सकिने ब्याट्री (रिमुभेबल ब्याट्री), आईपी५२ रेटिङ र हेडफोन ज्याक जस्ता केही अन्य रोचक फिचारहरु पनि रहेको बताइएको छ।
नोकिया सीओ२ मा एफडब्लुभीजीए प्लस रिजोलुसन १८ः९ एस्पेक्ट रेसियो भएको ५.४५ इन्चको एलसीडी रहेको छ। यस फोनमा २ मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा र पछाडिको भागमा एलईडी फ्ल्यास माथि एउटा ५ मेगापिक्सेलको रियर शूटर रहेको छ। फोनमा पोलिकार्बोनेट फ्रेम र पछाडिको भाग नानो–टेक्स्चर रहेको उल्लेख गरिएको छ।
साथै फोनको पछाडिको नानो–टेक्स्चर भाग हटाएको खण्डमा बदल्न मिल्ने ३,००० एमएएच ब्याट्रीका साथै डुअल सिम स्लट र माइक्रोएसडी कार्ड स्लट रहेको छ। सीओ २ लाई पुरानो शैलीको माइक्रोयूएसबी कनेक्टरले ५ वाटको गतिमा चार्ज गर्ने बताइएको छ।
यस फोनमा १.४ गीगाहर्जको क्लक्ड स्पिड रहेको एक अज्ञात क्वाड–कोर एसआसी चिपसेट समावेश गरिएको छ। साथै यसमा २जीबी र्याम र ३२ जीबीको ईएमएमसी ५.१ भण्डारण रहेको उल्लेख गरिएको छ। सफ्टवेयर तर्फ भने यस फोनमा एन्ड्रोइड १२ (गो एडिसन) समावेश गरिएको र यसमा दुई वर्षको सुरक्षा अपडेटहरू प्राप्त गर्न सकिने भनी थप बताइएको छ।
त्यसैगरी नोकिया सीओ२ डार्क सियान र चारकोल रंगहरूमा उपलब्ध हुने बताइएको छ। यद्यपी यस फोनको मूल्य निर्धारण र उपलब्धता विवरणहरू भने घोषणा गर्न बाँकी नै रहेको बताइएको छ।
प्रकाशित: १३ फाल्गुन २०७९, शनिबार