काठमाडौं ।
सोनीले आफ्नो प्रिमियम हेडफोन डब्लुएच–१०००एक्सएम५ बाट केही प्राविधिहरु सापटी लिएर नयाँ मिडरेन्ज हेडफोनहरूको जोडी लन्च गर्दैछ। नयाँ डब्लुएच–सीएच७२०एन ओभर–इयर जोडीमा सोनीको फ्ल्यागशिप मोडलको भी१ चिप प्रयोग गरिने भएको छ।
उक्त नयाँ मिडरेन्ज हेडफोनले धेरै कम मूल्यमा उच्च गुणस्तरको ध्वनि र एक्टिभ नोइज क्यानसिलेसन (एएनसी) प्रदान गर्ने इनग्याजेटले उल्लेख गरेको छ।
कम्पनीकोअनुसार डब्लुएच–सीएच७२०एन को ब्याट्री एएनसी चालु गरिएको अवस्थामा पनि ३५ घण्टा सम्म टिक्ने उल्लेख गरिएको छ। साथै हेडफोनमा डिजिटल साउण्ड ईनह्यान्समेन्ट ईन्जिन (डीएसईई) सपोर्ट पाि समावेश गरिएको छ। सोनीको अडियो अपस्केलिंग टेकले स्पोटिफाई जस्ता सेवाहरूमा (कम्प्रेस्ड मूजिक फाइलहरूको साउण्ड) संकुचित संगीत फाइलहरुको आवाज सुधार गर्न सक्छ।
यस हेडफोनमा मल्टिपोइन्ट कनेक्टिभिटीका साथै प्रत्येक इयर कपमा दुईवटा माइक्रोफोनहरू पनि रहेको र तिनीहरुले २० लेवल सम्मको नोइज–क्यानसिलिङ/एम्बियन्ट साउण्ड प्रदान गर्ने बताइएको छ। साथै यस हेडफोनलार्य सोनीकै हेडफोनस् कनेक्ट एपको साथ यसको सेटिङहरू ट्वीक गर्न सकिने÷मिल्ने भनी थप जानकारी उल्लेख गरिएको छ।
सोनीको आफ्नो मध्य–दायरा हेडफोनहरूसँग राम्रो ट्र्याक रेकर्ड रहेको छ। जस्तो कि यस मोडेलसँग, कम्पनीले सामान्यतया आफ्नो प्रिमियम क्यानबाट केही सुविधाहरू लिए तापनि मूल्य कम राख्नको लागि पर्याप्त तयारी पनि गरेको छ।
त्यसैले यस नयाँ हेडफोनमा महँगो हेडफोनहरूको तुलनामा कम (नोइज क्यानसिलेसन) हुने भए तापनि १५० अमेरिकी डलर मूल्यको चिपले एएनसी मा कुनै सम्झौत नगरिएको उल्लेख गरिएको छ। उक्त नयाँ डब्लुएच–सीएच७२०एन वसन्त यामदेखि ढुवानी सुरु हुने र कालो, निलो र सेतो गरी तीनओटा रङ्गहरुमा उपलब्ध हुनेछ।
त्यसैगरी सोनीले अन–इयर हेडफोनहरूको नयाँ इन्ट्री–लेवल जोडी, डब्लुएच–सीएच ५२० पनि घोषणा गरेको छ। यद्यपी यस मोडलमा भने एएनसी समावेश नगरिने तर प्रभावशाली ५० घण्टाको ब्याट्री लाइफ प्रदान गर्ने उल्लेख गरिएको छ। साथै यस मोडलमा पनि डीएसईई र मल्टिपोइन्ट कनेक्सन समावेश गरिएको छ।
कालो, नीलो र सेतो गरि तीनओटा रङ्गहरुमा उपलब्ध हुने यस मोडललाई पनि वसन्त याममा नै लन्च गरिने र यसको मूल्य ६० अमेरिकी डलर पर्ने बताइएको छ।
प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार