मोटोरोला रेजर २०२३ ले आउटर स्क्रिनलाई नयाँ स्तरमा ल्याउँदै

  • Technology Khabar | ११ फाल्गुन २०७९, बिहीबार

काठमाडौं ।

फ्लिप फोनको स्पेसमा ओप्पो र सामसङ बाहेक अर्को एक प्रवेशकर्ता मोटोरोलाको नयाँ फ्लिप फोन पनि थपिने भएको छ। लीक भएका रेन्डरहरूले मोटोरोलाले नयाँ फ्लिप फोल्डेबल फोनको योजना गरिरहेको देखिन्छ।

उक्त रेन्डरहरुमा आगामी मोटोरोला रेजर २०२३ मा एकदमै ठूलो बाहिरी स्क्रिन रहेको र त्यस डिस्प्लेले फोनको लगभग सम्पूर्ण टुक्रालाई कब्जा गरेको जस्तो देखिने जीएसएमएरीनाले उल्लेख गरेको छ। त्यसैगरी सो डिस्प्लेमा दुई क्यामरा र एलईडी फ्ल्यासका लागि कटआउटहरू पनि रहेका छन्।

स्ल्याब–शैलीका फोनहरूलाई व्यावहारिक रूपमा अल–स्क्रिन हुनको लागि धेरै लामो समय लागेको बताइएको छ। तर फ्लिप–शैली फोल्डेबलहरूमा उक्त चीजहरूलाई धेरै बेरसम्म सँगै तन्काउने (ड्रयाग) कुनै इरादा नभएको देखिएको उल्लेख गरिएको छ।

यस डिजाइनको साथ मोटोरोलाले स्पष्ट रूपमा बाहिरी स्क्रिन साइज प्रतिस्पर्धा बाजी मार्ने बताइएको छ।

प्रकाशित: ११ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया