मोटोरोला एज ४० प्रो एसडी ८ जेन २ सहित गुगल प्ले कन्सोलमा देखियो

  • Technology Khabar | १० फाल्गुन २०७९, बुधबार
मोटोरोला एज ४० प्रो एसडी ८ जेन २ सहित गुगल प्ले कन्सोलमा देखियो

काठमाडौं ।

मोटोरोला एज ४० प्रो गीकबेन्चको डाटाबेसमा गत हप्ता देखा परेको थियो। अहिले उक्त डिभाइस गुगल प्लेको कन्सोलमा देखा परेको छ। मोटोरोलाको यस फ्ल्यागसिप–टियर स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेटका साथै १२ जीबी र्याम र १०८० पिक्सेल स्क्रिन रहने बताइएको छ।

यी बिट्सहरुले चीनमा पहिले नै आधिकारिक भईसकेको मोटो एक्स४० को विश्वव्यापी संस्करणको रूपमा मोटोरोलाले एज ४० प्रोलाई ल्याउने सुझाव दिएको उल्लेख गरिएको छ।

डिभाइसको स्टक वालपेपर पनि मोटोरोला वेबसाइटको आधिकारिक तस्बिरहरू जस्तै देखिएको बताइएको छ। साथै यसमा २.५डी कर्भ्ड साइडहरु र सेन्टर्ड पंच होलका साथै एक्स ४० मा देखिएका सबै फिचरहरु रहेको थप उल्लेख गरिएको छ।

एज ४० प्रो ले गुगल सर्भिसेस्लाई सपोर्ट गर्ने गुगल प्ले कन्सोल सूचीले दाबी गरेको छ। यसमा एन्ड्रोइड १३ अपरेटिङ्ग सिस्टम संचालन हुने बताइएको छ।

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार