Technology Khabar १० फाल्गुन २०७९, बुधबार
काठमाडौं ।
आफ्नो डिभाइसहरुको प्रोसेसिङ र कम्प्युटेसनल मोडेलहरूमा बढी नियन्त्रण प्राप्त गर्नको लागि स्मार्टफोन कम्पनीहरूले प्रायः आफ्नै चिपहरू प्रस्तुत गर्ने गरेका छन्।
ओप्पोसँग पहिले नै आफ्नै एनपीयू मारीसिलिकन एक्स र मारीसिलिकन वाई भनिने कनेक्टिभिटी चिप भएतापनि अझै पनि ओरिजिनल एसअचेसी–सिस्टम अन चिप (एसओसी) को अभाव रहेको छ।
ताइवानको सिन्चुमा भएको विदेशी लगानी फोरममा बोल्दै मिडियाटेकका कार्यकारीले ओप्पोले आफ्नो प्रतिस्पर्धात्मक अग्रता कायम राख्नको लागि सहि चिपसेटको आवश्यकतामा रहेको बताएका छन्। गुआङ्गडोङ्गमा आधारित निर्माताले पहिले नै आफ्नो ‘चिप ट्याप्ड/टेप्ड’ गरिसकेको र २०२४ मा बजारमा आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।
इलेक्ट्रोनिक्स डिजाइनमा ट्यापिङ आउट भन्नाले इन्टिग्रेटेड सर्किटसको डिजाइन प्रक्रिया पहिले नै पूरा गरिसकेर प्रोडक्टलाई उत्पादनमा पठाउनको लागि तयार रहेको अवस्थालाई बुझाउने बताइएको छ।
ओप्पोले चीनको बेइजिङ, शेन्जेन र सांघाईमा आईसी डिजाइन केन्द्रहरू स्थापना गर्न १० बिलियन युआन (लगभग १.४ बिलियन अमेरिकी डलर) भन्दा बढी लगानी गरेको अघिल्लो रिपोर्टहरूले पहिले नै खुलासा गरिसकेका छन्।
प्रकाशित: १० फाल्गुन २०७९, बुधबार