Technology Khabar १० फाल्गुन २०७९, बुधबार
काठमाडौं ।
आईफोनहरूले आफ्नो ‘मूल्य’लाई अन्य फोनहरूको तुलनामा राम्रोसँग होल्ड गरिराख्ने गरेको छ। यसको पछिल्लो उदाहरण हालै भएको लिलामीमा पुरानो आईफोनले पाएको मूल्यलाई लिन सकिनेछ।
सन् २००७ को एउटा फ्याक्ट्रि सिल्ड फर्स्ट जेनेरेसनको एप्पल आईफोन सप्ताहन्तमा गरिएको लिलामीमा ६३,३५६ अमेरिकी डलरमा बिक्री भएको छ।
लिलामीमा रहेको उक्त डिभाइस ८ जीबीको एप्पल आईफोन रहेको र सन् २००७ को जुनमा एमएसआरपीको साथ यसको मूल्य ५९९ डलरको रहेको उल्लेख गरिएको छ। २,५०० अमेरिकी डलरको प्रारम्भिक बोलीको साथ फेब्रुअरी २ मा शुरु भएको यस फोनको लिलामी सप्ताहन्तमा ६०,००० अमेरिकी डलर पार गरेको एप्पल इन्साइडरले रिपोर्ट गरेको छ।
साथै यस फोनको एउटा रोचक कथा पनि रहेको छ। यस फोनको मालिक करेन ग्रीनले पन्ध्र वर्ष अघि उक्त फोन आफ्ना साथीहरूबाट उपहार स्वरूप प्राप्त गरेकी थिइन्। फोन मालिक त्यस समयमा भेरीजोनका ग्राहक थिईन तर फोन एटीएण्डटीको नेटवर्कमा मात्र चल्ने भएकाले फोनलाई शेल्फमा भण्डारण गरिएको थियो। त्यसपश्चात उनले एक दशकभन्दा बढी समयसम्मका लागि फोनलाई बिर्सिएका थिईन्।
त्यसपछि फोन २०१९ मा ४५,००० डलरको अनुमानित मूल्यमा मूल्याङ्कन गरिएको थियो र अन्ततः यस महिनाको सुरुमा सोही आईफोन लिलामीमा गयो। साथै करेन ग्रीनले लिलामीबाट प्राप्त रकम व्यापार उद्यम खोल्नको लागि प्रयोग गर्ने उल्लेख गरिएको जीएसएमएरिनाले लेखेको छ।
प्रकाशित: १० फाल्गुन २०७९, बुधबार