चीनले रेलवे सर्वेक्षणमा बेइदोउ भूउपग्रहमा आधारित अगुमेन्टेड प्रणाली प्रयोग गर्ने

Technology Khabar १० फाल्गुन २०७९, बुधबार

काठमाडौं ।

चीनले रेलवे सर्वेक्षण र निर्माणमा उच्च परिशुद्धता स्थिति सेवा प्रदान गर्न बेइदोउ(BeiDou) भूउपग्रह-आधारित अगुमेन्टेड प्रणाली (बीडीएसबीएएस) प्रयोग गर्ने चाइना रेलवे सियुआन सर्वेक्षण र डिजाइन समूह कम्पनी लिमिटेडले जनाएको छ।

मध्य चीनको हुबेई प्रान्तको वुफेङ-एन्शी रेलवे खण्डमा चारओटा भूउपग्रहमा आधारित र १२ वटा भू-आधारित अवलोकन स्टेशनहरू स्थापना गरिनेछन्।

कम्पनीका अनुसार बीडीएसबीएएस इन्टेलिजेन्स रेलवे सर्वेक्षणको क्षेत्रमा प्रयोग गरिने यो पहिलो पटक हो।

प्रयोगकर्ताहरूले वायरलेस नेटवर्क वा भूउपग्रहदेखि पृथ्वी सञ्चार मार्फत सान्दर्भिक संकेतहरू प्राप्त गरेपछि वास्तविक समय सेन्टिमिटर स्तरको स्थिति सेवामा पहुँच गर्न सक्छन्।

बेइदोउ ग्राउन्ड बेस्ड अगुमेन्टेसन प्रणाली (बीडीजीबीएएस) सँग तुलना गर्दा, बीडीएसबीएएस सञ्जाल निर्माण र पहाडी क्षेत्रहरूमा फराकिलो स्थिर दायरा पोजिसनमा बढी कुशल छ।

‘वुफेङ-एन्शी खण्डमा बीडीएसबीएएस र बीडीजीबीएएसको निर्माणले रेलवे सर्वेक्षणको दक्षतालाई अझ वृद्धि गर्नेछ, र इन्टेलिजेन्स सर्भे र डिजाइनको उच्च सटीक भौगोलिक सूचना सेवाहरूको लागि जग खडा गर्नेछ,’ कम्पनीले भन्यो।

प्रकाशित: १० फाल्गुन २०७९, बुधबार

तपाइको प्रतिक्रिया