राइड सेयरिङ सेवा दिने मोटरसाइकल चालकले अब मोबाइल स्ट्यान्ड राख्न पाउने

Technology Khabar ९ फाल्गुन २०७९, मंगलवार

राइड सेयरिङ सेवा दिने मोटरसाइकल चालकले अब मोबाइल स्ट्यान्ड राख्न पाउने
सांकेतिक तस्विर

काठमाडौं ।

राइड सेयरिङ सेवा दिने मोटरसाइकल चालकहरूले आफ्नो सवारी साधनमा मोबाइल स्ट्यान्ड (होल्डर) र हेल्मेट क्यामरा राख्न पाउने भएका छन्।

उच्च अदालत पाटनले गत बिहिबार उक्त विषयमा परेको मुद्दामा सुनुवाई गर्दै सरकारको नाममा आदेश दिएको हो। सजिलो साथी प्रालिका डेभिड चौधरी र आर्यनराज पाण्डेले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतमा राइड सेयरिङ सेवा दिने चालकहरूले आफ्नो साधनमा मोबाइल स्ट्यान्ड राख्न पाउनुपर्ने माग गरेका थिए। सोही रिटमा सुनुवाई गर्दै अदालतले यसबारे आदेश जारी गरेको हो।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल स्ट्यान्ड राख्न नदिने भन्दै राइडरहरुलाई कारबाही गर्दै आएको छ।

ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड र क्यामरा राख्न निषेध गरेको थियो।

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया