वर्ल्डलिंक कम्युनिकेसन्सले जित्यो अन्तर सेवा प्रदायक फुटसल प्रतियोगिता

  • Technology Khabar | ९ फाल्गुन २०७९, मंगलवार
वर्ल्डलिंक कम्युनिकेसन्सले जित्यो अन्तर सेवा प्रदायक फुटसल प्रतियोगिता

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसर पारेर राजधानीमा सञ्चालित नेपाल दूरसञ्चार प्राधिकरण कप- २०७९, अन्तर सेवा प्रदायक फुटसल प्रतियोगितामा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड बिजेता भएको छ।

माघ २९ गते देखि फागुन ५ गतेसम्म आयोजित फुटसलको फाइनल खेलमा वर्ल्डलिंक कम्युनिकेसन्सले एनसेल आजियाटाको टिमलाई ३–२ को अन्तरले हराउँदै विजयी भएको हो।

बिजेता टिम वर्ल्डलिंक कम्युनिकेसन्सले ट्रफिका साथमा एक लाख रुपैयाँ पुरस्कार जितेको छ। त्यस्तै उपबिजेता एनसेल आजियाटाले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा तेस्रो भएको डिस मिडियाले मर्कन्टाइल कम्युनिकेसन्सलाई २३–४ गोल अन्तरले पराजित गरेको छ। डिस मिडियाले ४० हजार नगद पुरस्कार पाएको छ।

अन्तर सेवा प्रदायक फुटसल प्रतियोगितामा १० ओटा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले प्रतिस्पर्धा गरेका थिए।

सो प्रतियोगितामा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, नेपाल टेलिकम, डिस मिडिया नेटवर्क, स्मार्ट टेलिकम, सुबिसु केबलनेट लिमिटेड, सीजी कम्युनिकेशन लिमिटेड, मर्कन्टाइल कम्युनिकेसन प्राली, एनसेल आजियाटा लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसनले सहभागिता जनाएका थिए।

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...