भारतमा उपलब्ध एन्ड्रोइड स्मार्टफोनमा नयाँ परिवर्तन हुने, गुगलले ल्याउँदैछ अपडेट !

  • Technology Khabar | ९ फाल्गुन २०७९, मंगलवार
भारतमा उपलब्ध एन्ड्रोइड स्मार्टफोनमा नयाँ परिवर्तन हुने, गुगलले ल्याउँदैछ अपडेट !

काठमाडौं ।

गुगलले भारतीय प्रयोगकर्ताका लागि एन्ड्रोइड प्लेटफर्ममा धेरै परिवर्तन गर्न लागेको छ। गुगलको यो निर्णय सरकारी निकाय सीसीआईको आदेशपछि आएको हो। भारतमा गुगलले आफ्नो बजार एकाधिकार कायम गरेको भन्दै सरकारी निकायले त्यसलाई परिवर्तन गर्न भनेको थियो।

अब गुगलले भारतीय प्रयोगकर्ताहरूका लागि गुगल मोबाइल सेवा (जीएमएस) रोल आउट गर्न लागेको छ। यो भारतमा प्रयोग हुने सबै एन्ड्रोइड स्मार्टफोनहरूमा ल्याइनेछ।

रिपोर्टकाअनुसार गुगलको यो नयाँ अपडेट वैकल्पिक गुगल एप्सका लागि हुनेछ अर्थात यो अपडेटपछि प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनबाट गुगल एप्स अनइन्स्टल गर्न सक्नेछन्।

प्ले स्टोर एप मात्र इन्स्टल हुने

नयाँ मोबाइल एप्लिकेसन डिस्ट्रिब्यूसन एग्रिमेन्ट (आईएमएडीए) र गुगलबीचको सम्झौता अनुसार एन्ड्रोइड स्मार्टफोनहरूमा पूर्वनिर्धारित रूपमा गुगल प्ले स्टोर मात्र पूर्व-स्थापित हुनेछ। हाल, कुनै पनि एन्ड्रोइड स्मार्टफोनमा ११ ओटा मुख्य गुगल एपहरू स्थापित छन्। नयाँ सम्झौतामा, एन्ड्रोइडले स्मार्टफोन निर्माताहरूलाई प्रति-एप बाउन्टी प्रदान गर्नेछ, जसमा एन्ड्रोइड स्मार्टफोन कम्पनीहरूले यी गुगल एपहरू वैकल्पिक रूपमा इन्स्टल गर्नेछन्।

आईएमएडीएले स्मार्टफोन कम्पनीहरूलाई पनि गुगलको सर्च बार, गुगल एप फोल्डर र प्ले स्टोरको आइकन मुख्य स्क्रिनमा राख्न नपर्ने बताएको छ। यो सम्झौता अनुसार भारतीय प्रयोगकर्ताले स्मार्टफोन सेटअप गर्दा आफ्नो डिफल्ट सर्च इन्जिन सेट गर्न सक्नेछन्। भारत बाहेक युरोपमा पनि गुगलले स्मार्टफोनमा जबरजस्ती आफ्ना एप्स इन्स्टल गर्न नसक्ने बनाईएको छ।

गुगलको यो परिवर्तन चाँडै भारतमा उपलब्ध एन्ड्रोइड स्मार्टफोनहरूमा देखिने रिपोर्टमा उल्लेख छ। यद्यपि गुगलले यो परिवर्तनको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन।

एन्ड्रोइड संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग हुने मोबाइल अपरेटिङ सिस्टम हो। लाखौं प्रयोगकर्ताहरूले एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित स्मार्टफोनहरू प्रयोग गर्छन्। सयौं स्मार्टफोन निर्माताहरूले एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्छन्। यी स्मार्टफोन कम्पनीहरूले विभिन्न एन्ड्रोइडमा आधारित कस्टमाइज स्किन अर्थात् प्रयोगकर्ता इन्टरफेस प्रयोग गर्छन्। यद्यपि, प्रत्येक एन्ड्रोइड स्मार्टफोनको समग्र अनुभव लगभग समान छ।

प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार