
काठमाडौं ।
टेलिकम गियर निर्माता एरिक्सनले विश्वव्यापी रूपमा लागत घटाउने फराकिलो योजनाको रूपमा स्वीडेनमा लगभग १,४०० रोजगारी कटौती गर्ने योजना बनाएको यसले सोमबार बताएको छ।
कम्पनीले यसअघि उत्तर अमेरिकालगायत केही बजारहरूमा माग सुस्त हुँदा २०२३ को अन्त्यसम्ममा लागत ९ बिलियन क्राउन (८८० मिलियन डलर) ले कटौती गर्ने योजना घोषणा गरेको थियो।
थप रोजगारी कटौती, अन्य देशहरूमा हजारौंको संख्यामा, आगामी दिनहरूमा घोषणा हुने सम्भावना भएको यस विषयमा नजिकका दुई स्रोतहरूलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।
एरिक्सनले अन्तिम पटक २०१७ मा गहिरो कटौती गरेको थियो जतिबेला यसले हजारौं कर्मचारीहरूलाई हटायो र कम्पनीलाई घाटाबाट बाहिर निकाल्न अनुसन्धानमा ध्यान केन्द्रित गर्यो।
कम्पनीले लागत कटौती कसरी ह्यान्डल गर्ने भनेर महिनौंदेखि स्वीडेनमा आफ्नो कर्मचारी युनियनसँग वार्ता गरिरहेको थियो।
‘हेडकाउन्ट कटौती कसरी व्यवस्थापन गर्ने भन्ने बारे स्विडेनी युनियनहरूसँग सम्झौता भएको छ,’ एक प्रवक्ताले भने, ‘कम्पनीले स्वैच्छिक कार्यक्रम मार्फत कटौती गर्न चाहन्छ।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार