Technology Khabar ९ फाल्गुन २०७९, मंगलवार
काठमाडौं ।
परीक्षणको चरणमा रहेको स्टारलिङ्क इन्टरनेटले विश्वभर लगभग जहाँसुकै इन्टरनेट कनेक्सन (जडान) प्रदान गर्ने वाचा गरेको छ। ग्लोबल रोमिङ सेवाको लागत प्रति महिना २०० अमेरिकी डलर रहेको र स्टारलिङ्क किट स्याटेलाइट डिशको लागि अतिरिक्त ५९९ अमेरिकी डलर लागत लाग्ने जानकारी दिएको छ।
स्पेसएक्सको स्वामित्वमा रहेको कम्पनीको नयाँ प्रस्तावले स्टारलिङ्क इन्टर–स्याटेलाइट लिङ्कहरू प्रयोग गरी प्रयोगकर्ताहरूलाई स्टारलिङ्क कभरेज उपलब्ध भएको ठाँउमा इन्टरनेट उपलब्ध गराउने छ। इन्टरनेटको लागि यसले स्याटेलाइट बीम गर्न प्रयोग गर्दछ।
यसको प्रयोगात्त्मक प्रकृतिका कारण स्टारलिङ्कले नयाँ ग्लोबल रोमिङ्ग सेवा बिना कुनै कमजोर कनेक्टिभिटीको साथमा उच्च–गतिको कम विलम्बता युक्त इन्टरनेट सेवा प्रदान गर्नेछ। यद्दपी स्टारलिङ्कको ग्लोबल रोमिङ सेवाले अझै पनि विभिन्न देशहरूमा नियामक स्वीकृतिको लागि पर्खिरहेको उल्लेख गरिएको छ।
हालको स्टारलिङ्क आरभी योजना प्रयोगकर्ताहरूले विदेशमा आफ्नो सेटअपहरू प्रयोग गर्न सक्ने बताइएको छ। यद्यपि आरभी योजनाको तुलनामा ग्लोबल रोमिङ सेवाले धेरै क्षेत्रहरू कभर गरे तापनि उही महाद्वीपमा भने प्रयोगमा सीमितता रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार