Technology Khabar ९ फाल्गुन २०७९, मंगलवार
काठमाडौं ।
हाल म्याजिक५ सिरिजको आगामी ग्लोबल लन्चमा केन्द्रित रहेको अनरले यस वर्ष अन्य थुप्रै स्मार्टफोन फोनहरू पनि जारी गर्ने भएको छ। साथै ब्रान्डसँग स्न्यापड्रागन ६ जेन १ एसओसी सहितको नयाँ मिड–रेन्जर फोन पनि रहेको हालैको एक लीकलाई उदृत गर्दै गीज्मोचाइनले उल्लेख गरेको छ।
त्यसैगरी, अर्को एक अनर स्मार्टफोन, सम्भवतः बजेट मोडलले २२.५ वाट चार्जिङको साथ चीनको ३सी प्रमाणपत्र प्राप्त गरेको छ।
मोडल नम्बर आरकेवाई–एएन१० रहेको अज्ञत अनर स्मार्टफोनले चीनको अनिवार्य ३सी सर्टिफिकेसन प्रमाणपत्र प्राप्त गरिसकेको छ। यदपी उक्त ह्याण्डसेटको मार्केटिङ नाम भने अझै पनि पत्ता लागेको छैन्। लिस्टिङ अनुसार फोन २२.५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने एचडब्लु–१००२२५सी०० चार्जर साथ सुसज्जित रहेको बतााइएको छ। उक्त चार्जर अनर र ह्वावेका स्मार्टफोनहरुमा पनि प्रयोग गरिएको परिचित चार्जर रहेको थप बताइएको छ।
उक्त चार्जर ह्वावेको फस्ट चार्जिङ प्रोटोकलका साथ सुसज्जित भएको र क्वालकमको ची २.० फास्ट चार्जिङ चिपसँग उपयुक्त रहेको बताइएको छ। साथै चार्जर ९भी/२ए र ५भी/२ए मा चार्ज गर्न सक्षम रहेको र ३ए करेन्ट सपोर्ट गर्ने टाइप–सी डाटा केबलका साथमा आउने उल्लेख छ। अघिल्लो पटक अनरले ६,००० एमएच ब्याट्री रहेको स्मार्टफोनमा काम गरिरहेको रिपोर्ट गरिएको बताइएको छ।
साथै सोही ह्यान्डसेटमा १२ जीबी र्याम र २५६जीबी स्टोरेजका साथ स्न्यापड्रागन ६ जेन १ चिपसेट प्याक रहने अफवाह पनि आएका थिए। क्वालकमले हालै मात्र नयाँ मिड–रेन्ज एसओसीको रूपमा स्न्यापड्रागन ६ जेन १ को घोषणा गरिएको थियो।
लेटेस्ट ४ एनएम प्रक्रिया नोडमा निर्मित प्रोसेसरले कोर्टेक्स–ए७८ सीपीयू मुख्य कोरको रूपमा प्रयोग गर्ने बताइएको छ। प्राइमरी कोर २.२ गीगाहर्जसम्म पुग्न सक्ने दाबी गरिएको छ। एसओसीले ग्राफिक्स कार्यसम्पादनमा ३५ प्रतिशत बुस्ट (वृद्धि) र कम्प्युटेसनल कार्यसम्पादनमा ४० प्रतिशत वृद्धि प्रदान गर्ने दावी गरिएको छ।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार