
काठमाडौं ।
टेस्लाले उत्तरी अमेरिकामा सीसीएस एडाप्टरको मूल्य ३० प्रतिशतले घटाएको छ। यो कदम भर्खरैको समाचार बीच कम्पनीले आफ्नो सुपरचार्जर नेटवर्क सबै इलेक्ट्रिक सवारीसाधनका लागि खोल्न लागेको छ।
टेस्लाले आफ्नो ईभीएस मालिकहरुको फराकिलो रेञ्जका लागि यसलाई अझ किफायती बनाउनका लागि उत्तरी अमेरिकामा सीसीएस एडाप्टरको मूल्य ३० प्रतिशतले घटाएको छ। अब अमेरिकामा यसको लागत २५० अमेरिकी डलर सट्टा १७५ अमेरिकी डलर छ, र क्यानडामा लागत ३४० सीएको सट्ट २४० सीए भएको छ। सीसीएस एडाप्टरले टेस्ला कार मालिकहरूलाई तेस्रो–पक्ष चार्जिङ स्टेशनहरू प्रयोग गर्न अनुमति दिन्छ जहाँ कुनै ब्रान्डेड चार्जिङ स्टेशनहरू नभएका ठाउँहरूमा पनि आफ्नो गाडी चार्ज गर्न सक्षम हुन्छन्।
इलेक्ट्रिक सवारी व्यापक रुपमा अपनाउनका लागि चार्जिङ नेटवर्क सबैभन्दा महत्वपूर्ण पूर्वाधार हो। लामो यात्राका दौरान इलेक्ट्रिक कारको चार्ज सकियो भने के गर्ने भन्ने दुविधा ईभीमा स्थानान्तरण हुन चाहने ग्राहकमा छ।
टेस्लाले आफ्नो केही फास्ट चार्जरहरू अन्य ईभी सवारी प्रयोगकर्ताका अर्को वर्षको अन्यसम्म खुल्ला गर्ने बाइडेन प्रशासनले गत बुधबार भनेको छ। टेस्लाको फास्ट चार्जिङ कम्पनीका ग्राहकहरुलाई मात्र उपलब्ध छ। चार्जिङ सुधार गर्न र धेरै मानिसहरूलाई ब्याट्री सञ्चालित सवारी साधन किन्न प्रोत्साहित गर्न यस्तो कदम चालिएको दन्यूयोर्कटाइम्सले उल्लेख गरेको छ।
कम्पनीको फास्ट चार्जरको नेटवर्कले ड्राइभरलाई लामो यात्रामा कार चार्ज गर्न सकिन्छ भन्ने विश्वास प्रदान गरेकाले टेस्लाले ईभी बजारमा लिड गर्नुको प्रमुख कारकतत्वको रुपमा रहेको छ। कम्पनीको नेटवर्क अन्य उत्पादकहरूद्वारा निर्मित विद्युतीय सवारीका मालिकहरूलाई उपलब्ध नेटवर्कहरू भन्दा छिटो र अधिक भरपर्दो पनि छ।
टेस्लाको अमेरिकामा आधा भन्दा बढी फास्ट चार्जर नेटवर्क छ। टेस्लाको नेटवर्कले बिडेन प्रशासनको विद्युतीय सवारीको स्वामित्वलाई प्रोत्साहित गर्ने र जलवायु परिवर्तनसँग लड्ने योजनाहरूमा महत्वपूर्ण हुने विश्वास गरिएको छ।
बाइडेन प्रशासनले २०२४ को अन्त्यसम्म ७ हजार ५०० टेस्ला चार्जरहरू अन्य सवारी साधनहरूको लागि खुला हुने बताएको छ। तीमध्ये ३ हजार ५०० फास्ट चार्जरले ईभीलाई करिब आधा घण्टादेखि एक घण्टामा रिचार्ज गर्न सक्षम छ। बाँकी होटेल, रेस्टुरेन्ट र अन्य गन्तव्यहरूमा ढिलो चार्जरहरू छन् जुन पहिले नै अन्य कार ब्रान्डका मालिकहरूले एडाप्टर खरिद गरेर प्रयोगका उपलब्ध छ।
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार