पोको सी५५ को डिजाइन र लन्च मिति आधिकारीक रुपमा सार्वजनिक

Technology Khabar ८ फाल्गुन २०७९, सोमबार

काठमाडौं ।

हालै पोको सी५५ को टिजर सार्वजनिक गरेको कम्पनीले आधिकारीकरुपमा यस फोनको डिजाइन देखाउँदै फेब्रुअरी २१ मा लन्च गरिने जानकारी दिएको छ। उक्त फोन सबैभन्दा पहिले भारतमा लन्च हुने र र फ्लिपकार्ट मार्फत बेचिने बताइएको छ।

पोकोको टिजरहरुमा पोको सी५५ मा स्मार्टफोनको चौडाइमा फैलिएको आईल्याण्ड सहितको नक्कली छालाको ब्याक प्यानल रहेको दखिएको छ। साथै फोनको ब्याक प्यानलमा पोकोको लोगोका साथै दुईवटा क्यामरा, एउटा एलईडी फ्ल्यास र फिंगरप्रिन्ट रिडर रहेको छ। साथै फोन हरियो रङ्गका साथै अन्य रङ्गहरुमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

पोको सी५५ को स्पेक्स सिटहरुको बारेमा पूर्ण विवरण उल्लेख नगरे तापनि स्मार्टफोन रेडमी १२सी को भर्सन रहने अपेक्षा गरिएको छ। साथै यस फोनमा हेलियो जी८५ एसओसी, ६.७१ इन्चको एचडी प्लस एलसीडी र ५,००० एमएएच को ब्याट्री समावेश गरिएको छ।

त्यसैगरी पोको सी ५५ फोनमा ६जीबी र्याम र १२८ स्टोरेज रहेको उल्लेख गरिएको छ। फोनमा मुख्य क्यामरा भने ५० मेगापिक्सेलको र ५ मेगापिक्सेलको सेल्फि क्यामरा रहेको छ।

प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया