भारतीय स्टार्टअपद्वारा फ्लाईङ ट्याक्सी प्रस्तुत, रेञ्ज २०० किलोमिटर

  • Technology Khabar | ८ फाल्गुन २०७९, सोमबार
भारतीय स्टार्टअपद्वारा फ्लाईङ ट्याक्सी प्रस्तुत, रेञ्ज २०० किलोमिटर

काठमाडौं ।

भारतको मद्रासस्थित स्टार्टअप कम्पनी ईप्लेनले बैंगलुरुको एयरो इन्डिया शो २०२३ मा आफ्नो पहिलो इलेक्ट्रिक फ्लाईङ ट्याक्सी प्रस्तुत गरेको छ। उक्त फ्लाईङ ट्याक्सीले शहरी यातायातलाई सजिलो र सुरक्षित बनाउने उद्देश्यले तयार गरिएको कम्पनीको भनाइ छ।

कम्पनीले एयरो इन्डिया शोमा यस फ्लाईङ ट्याक्सीको प्रोटोटाइप मोडल प्रस्तुत गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीका अनुसार उक्त फ्लाईङ ट्याक्सी भर्टिकल टेक अफ र ल्यान्डिङ गर्न सक्षम छ। यसलाई उड्न र ल्याण्ड गर्न रनवेको आवश्यक पर्दैन। उक्त ट्याक्सी हेलिकप्टर जस्तै उड्न र ल्यान्ड गर्न सक्षम छ। फुल चार्जमा ट्याक्सी २०० किलोमिटरसम्म उड्ने कम्पनीको दाबी छ।

सानो साइजको भएकाले उक्त ट्याक्सी साँघुरो क्षेत्रमा पनि उड्न सक्छ। ईप्लेनका सीईओ प्रान्जल मेहताका अनुसार उक्त इलेक्ट्रिक कार एक साधारण ट्याक्सी भन्दा १० गुणा तीब्र छ। यद्दपि यसमा यात्रा गर्ने खर्च सडक ट्याक्सी भन्दा धेरै महँगो हुन्छ। भिडियो हेरेर फ्लाईङ ट्याक्सीको आईडिया फुरेको सीईओ प्रान्जलले बताए।

उक्त फ्लाईङ ट्याक्सी अग्लो भवनबाट उडाउनु वा ल्याण्ड गर्न सकिन्छ। यसलाई पार्क गर्नका लागि २५ वर्ग मिटरको स्थान आवश्यक पर्छ। यो एक फुल साईज एसयूभीभन्दा थोरै ठूलो हो। फ्लाईङ ट्याक्सीको तौल २०० किलोग्राम छ।

हावामा लिफ्ट गर्नका लागि ट्याक्सीमा ४ प्रोपेलर लगाइएको छ। उक्त फ्लाईङ ट्याक्सी १५० देखि २०० किलोमिटर प्रति घण्टाको अधिकतम गतिमा उड्न सक्छ। कम्पनीले उक्त ट्याक्सीको बारेमा धेरै जानकारी उपलब्ध गराएको छैन।

प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार